काठमाडौं । डीएभी सुशील केडिया विश्व भारतीय स्कुलको आयोजनामा हुने टिप टप इन्डो नेपाल टी–२० क्रिकेट प्रतियोगिता आगामी आइतबारबाट सुरु हुने भएको छ ।
शुक्रबार पत्रकार सम्मेलनमार्फत आयोजकले प्रतियोगिताबारे जानकारी गराएको हो । माघ १८ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कुल ६ टोलीको सहभागिता छ ।
यस्तै, प्रतियोगिताको मुख्य प्रायोजक टिप टिप छ । प्रतियोगितामा १६ वर्षमुनिका र कक्षा १० सम्म अध्यनरत विद्यार्थीले सहभागिता जनाउन पाउनेछन् ।
लिग कम नकआउटका आधारमा खेलाइने प्रतियोगिताका सबै खेल तल्लो मूलपानी क्रिकेट मैदानमा हुनेछ ।
प्रतियोगितामा एक्सिलेन्ट क्रिकट सेन्टर, बोलपुर युथ टाउन, वेस्ट बंगाल, ग्रेट हिमालयन क्रिकेट एकेडेमी, टिप टप डीएभी क्रिकेट एकेडेमी, नेक्सस क्रिकेट एकेडेमी र एन्जल्स स्पोर्ट्स एकेडेमीको सहभागिता रहनेछ ।
यस्तै, पत्रकार सम्मेलनमा डीएभीका सह–प्रधानाध्यापक रामचन्द्र खनाल, प्रतियोगिता डाइरेक्टर पुर्नेन्दु घोष र प्रतियोगिताका टेक्निकल हेड रवीन्द्र गुप्तालगायतको उपस्थिति थियो ।