site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
रुस–युक्रेन युद्धमा ट्रम्पले पुटिनलाई दिए यस्तो चेतावनी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसका राष्ट्रपति भ्लादिमिर पुटिन युक्रेनसँगको युद्ध अन्त्यका लागि वार्ता गर्न तयार नभए रुसमाथि अमेरिकाले प्रतिबन्ध बढाउनसक्ने बताएका छन् ।

राष्ट्रपति पद सम्हालेपछि भएको पत्रकार सम्मेलनमा ट्रम्पले यस विषयमा सोधिएको प्रश्नको जवाफमा रुसमाथि अमेरिकाले प्रतिबन्ध बढाउनसक्ने अभिव्यक्ति दिएका हुन् ।

ट्रम्पले आफ्नो प्रशासन युक्रेनी राष्ट्रपति जेलेन्स्कीसँग सम्पर्कमा रहेको र छिट्टै रुसी राष्ट्रपति पुटिनसँग पनि कुरा गर्ने बताएका छन् ।

ट्रम्पले आफू राष्ट्रपति भएको भए रुस र युक्रेनबीच युद्ध सुरु नहुने पनि बताए । 

ट्रम्पले पत्रकार सम्मेलनमा नेटो देशहरूले सुरक्षामा आफ्नो खर्च दुई प्रतिशतबाट बढाएर पाँच प्रतिशत पुर्याउनुपर्ने बताएका छन् ।
 

प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ०८:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
विरोध प्रदर्शन अराजक नहोस् ! 
विरोध प्रदर्शन अराजक नहोस् ! 
Hamro patroHamro patro