site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
महिला विश्वकपमा जितसहित नेपालको यात्रामा पूर्णविराम

काठमाडौं । आईसीसी यू–१९ महिला विश्वकपमा नेपाली राष्ट्रिय टिमले आफ्नो अन्तिम खेलमा जित निकालेको छ । शुक्रबार मलेसियाको जोहोरस्थित जोहोर क्रिकेट एकेडेमीमा भएको खेलमा नेपालले घरेलु टिमविरुद्ध सात विकेटको जित निकालेको हो ।

नेपालले चौथो स्थानको प्लेअफमा मलेसियाले दिएको ४६ रनको सामान्य लक्ष्य ११ ओभरमा तीन विकेट गुमाएर पूरा गर्‍यो । नेपालको जितमा कप्तान पूजा महतोले अलराउन्डर प्रदर्शन गरिन् । बलिङतर्फ चार विकेट लिएकी पूजाले ब्याटिङमा अविजित २३ रन बनाइन् । उनले ३२ बलमा चार चौका प्रहार गरिन् ।

ज्योत्स्निका मरासिनीले सात, सिमाना केसीले चार, सावित्री धामीले तीन र साना प्रविनले एक रन थपे । 

मलेसियाकी मार्स्याले तीन विकेट लिइन् ।

त्यसअघि, टस हारेर ब्याटिङमा उत्रिएको मलेसियाले १६.५ ओभरमा सबै विकेट गुमाउनुअघि ४५ रन बनाएको थियो । मलेसियाकी नुरिमनले सर्वाधिक १५ रन जोडिन् । अरू ब्याटर दोहोरो अंकसम्म पुग्न सकेनन् ।

मलेसियालाई सस्तैमा रोक्न नेपालकी कप्तान पूजाले चार विकेट लिइन् । पूजाले ३.५ ओभरमा ना रन मात्र खर्चिइन् । उनको इकोनोमी रेट तीनभन्दा तल रह्यो । 

रचना चौधरीले तीन विकेट लिइन् । तीन ओभर बलिङ गरेकी रचनाले एक मेडन फ्याँक्दै पाँच रन मात्र खर्चिइन् । रचनाको इकोनोमी रेट दुईभन्दा तल रह्यो । रिया शर्मा र सिमाना केसीले समान एक विकेट लिए ।

पहिलोपटक विश्वकपमा छनोट भएको नेपाल समूह चरणका सबै खेलमा पराजित भएको थियो । समूह ‘डी’मा रहेको नेपाल बंगलादेशसँग पाँच विकेट, दोस्रो खेलमा स्कटल्यान्डसँग एक विकेट र तेस्रो खेलमा अस्ट्रेलियासँग ८३ रनले पराजित भएको थियो ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १५:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro