सबैको व्यस्त जीवन, सजिलो समय कसैको छैन । बकम्फुसे चिया गफमा अरूका कुरा काट्दै गफिने समय कसैलाई पनि छैन ।
हामी सबै कसरी समय उबारेर लेखिरहेका छौँ ? के र कस्तो लेखिरहेका छौँ ? कसका लागि किन लेखिरहेका छौँ र हाम्रा लेखनले कसलाई के कस्तो प्रभाव पारिरहेको छ ?
यी विषयहरूमा हामी सबैले सोच्न भ्याएका थिएनौँ । यतातिर ध्यान हामीले दिन सकेका थिएनौँ । त्यस दिनको भेटले एउटा गजबको विचार आदानप्रदान हुन सक्यो कि हाम्रा अभिव्यक्तिहरू र हामीले लेखिरहेका कुराभित्र पसेर हामी आफूले आफैँलाई खोज्ने, बुझ्ने, चिन्तनमनन गर्ने अवसर पनि हामीलाई मिल्न सक्यो ।
आजको व्यस्त जीवनमा समयको अभावले हामीलाई आफैँसँगको संवाद गर्नबाट वञ्चित गरिरहेको छ । हामी सबै कुनै न कुनै रूपमा काममा व्यस्त छौँ । व्यवहारले लखेटिएका छौँ । जागिरको धपेडीले हैरान छौँ ।
तथापि, केही न केही लेखिरहेका छौँ – सामाजिक सञ्जालमा स्टाटस लेख्नेदेखि लिएर औपचारिक लेखनसम्म । तर, के हामीले कहिलै सोचेका छौँ कि हामी किन लेखिरहेका छौँ ? हाम्रा लेखनहरूले अरूमा कस्तो प्रभाव पार्दै छन् ? हामी आफैँलाई यी प्रश्नहरू सोध्नबाट किन चुक्छौँ ?
हामी अक्सर अरूको बारेमा चर्चा गर्दै अफवाह फैलाउँदै र अनावश्यक टिप्पणी गर्दै समय बिताउँछौँ । तर, आफैँलाई बुझ्न, आफ्ना भावनालाई शब्द दिन र आफ्ना विचारलाई व्यवस्थित गर्नका लागि हामीसँग समय छैन । लाग्छ, हामी शब्दहरूको संघर्षमा हराएर गएका छौँ ।
एकपटकको भेटले मलाई यी सबै कुराहरूमा गहिरोसँग सोच्न बाध्य बनायो । त्यो भेटमा हामीले आफ्ना लेखनहरूको उद्देश्य, हाम्रा शब्दहरूको शक्तिको बारेमा छलफल गर्यौँ । हामीले यो पनि बुझ्यौँ कि हाम्रा लेखनहरूले अरूलाई मात्र होइन, हामीलाई पनि प्रभाव पार्छन् । हामी जस्तो लेख्छौँ, त्यस्तै बन्दै जान्छौँ ।
जब हामी लेख्छौँ, हामी आफ्ना विचारहरूलाई शब्द दिने प्रयास गर्छौँ । यस क्रममा हामी आफ्ना भावना, अनुभव र विचारहरूलाई राम्ररी बुझ्न पाउँछौँ । लेखनले हामीलाई आत्मनिरीक्षण गर्न, आफ्ना कमजोरीहरूलाई पहिचान गर्न र आफूलाई सुधार गर्न मद्दत गर्छ ।
समकालीन लेखनलाई हामीले जानकारी आदानप्रदान गर्ने माध्यमको रूपमा मात्र प्रयोग गर्छौँ । हामीले आफ्ना भावनाहरूलाई दबाएर राखिरहेका छौँ । हामी प्रथमतः तथ्यहरूलाई नै प्राथमिकता दिन्छौँ । यसले गर्दा हामी आफैँबाट टाढा हुँदै जान्छौँ ।
हामीले आफ्ना लेखनहरूलाई थप सार्थक बनाउनका लागि केही कुराहरूमा ध्यान दिनुपर्छ । पहिलो, हामीले आफ्ना विचारहरूलाई स्पष्ट रूपमा व्यक्त गर्न सक्नुपर्छ । दोस्रो, हामीले सकारात्मक कुराहरू लेख्नुपर्छ । तेस्रो, हामीले अरूलाई प्रेरित गर्ने खालका लेखनहरू गर्नुपर्छ । चौथो, हामीले आफ्ना लेखनहरूमा आफ्नो व्यक्तित्व झल्काउनुपर्छ ।
मलाई लाग्छ, हाम्रो लेखनमा समकालीन समाज पनि उतारिनुपर्छ । लेखनले कसैलाई हामी कसका लागि, किन र के लेख्दै छु भन्ने विषयमा सचेत हुनु आवश्यक हुन्छ । लेखनमा मौलिकता र नयाँपन हुनु जति महत्त्वपूर्ण हुन्छ, त्यसले पार्ने प्रभाव पनि उत्तिकै सकारात्मक हुनुपर्छ भन्ने मेरो मान्यता छ ।
लेखनको सार्थकता, मौलिकता, नवीनता र सकारात्मक प्रभाव धेरै हुन्छन् । लेखन मानव सभ्यताको अभिन्न अंग हो । यसले विचार, भावना र अनुभवलाई शब्दमा उतार्छ । लेखन भन्नु शब्दहरूको संयोजन मात्र होइन । यसमा गहिरो जिम्मेवारी र उद्देश्य निहित हुन्छ । लेखनमा मनगढन्ते कुराहरूले पाठकलाई भ्रममा पार्न सक्छन् । यसले साहित्यको मूल उद्देश्यलाई नै विकृत पार्न सक्छ । त्यसैले लेखनमा सत्यता र प्रामाणिकता अनिवार्य हुन्छ ।
लेखनले कसैलाई उछितो काड्ने गाली वा कसैलाई प्रशंसाको भारीले चुलीमा पुर्याउनु हुँदैन । यस्तो लेखनले समाजमा विभाजन र असन्तोष फैलाउन सक्छ । बरु, लेखनले सबैलाई समेट्ने, सबैको भावना र विचारलाई सम्मान गर्ने र समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्य राख्नुपर्छ । त्यसैले लेखनकर्म गरिरहँदा यो कसका लागि, किन र के लेख्दै छु भन्ने विषयमा सचेत हुनु आवश्यक छ ।
आजको समयमा सबैले बुझ्ने, सबैलाई मनपर्ने र सधैँलाई हुने किसिमको लेखन आवश्यक छ । यस्तो लेखनले समाजका सबै तह र तप्कालाई जोड्न सक्छ र दीर्घकालसम्म प्रभाव पार्न सक्छ । सरल भाषा, स्पष्ट विचार र सन्देशमूलक सामग्रीले मात्र यस्तो लेखन सम्भव हुन्छ ।
लेखनमा मौलिकता र नयाँपन हुनु जति महत्त्वपूर्ण छ, त्यसले पार्ने प्रभाव पनि उत्तिकै सकारात्मक हुनुपर्छ । मौलिकता र नवीनताले पाठकलाई नयाँ दृष्टिकोण दिन्छ । तर, यदि त्यसको प्रभाव नकारात्मक भयो भने त्यसको मूल्य घट्छ । त्यसैले लेखनमा सधैँ सकारात्मक सोच, सिर्जनात्मक नवीनता र समाजप्रतिको जिम्मेवारीलाई ध्यानमा राख्नुपर्छ ।
लेखन केवल व्यक्तिगत अभिव्यक्ति मात्र होइन, हुँदैन । लेखन भनेको समाजप्रतिको दायित्व पनि हो । सत्यता, मौलिकता, नवीनता र सकारात्मक प्रभावयुक्त लेखनले मात्र साहित्यलाई सार्थक बनाउँछ र समाजलाई सही दिशा दिन्छ ।
जब हामी यी कुराहरूमा ध्यान दिन्छौँ, तब हाम्रा लेखनहरूले अरूलाई मात्र होइन, हामीलाई पनि सकारात्मक प्रभाव पार्न थाल्छन् । हामी आफूलाई राम्रोसँग बुझ्न थाल्छौँ । हामी आफ्नो आत्मविश्वास बढाउन थाल्छौँ । हामी अरूसँग राम्रो सम्बन्ध बनाउन सक्छौँ ।
लेखन अनेक शब्दहरूको खेल मात्र हुनु होइन । यो हाम्रो आत्मालाई अभिव्यक्त गर्ने एउटा शक्तिशाली माध्यम हो । त्यसैले हाम्रा कुनै पनि लेखनमा सिर्जनात्मक नवीनताको ओजपूर्ण उपस्थिति हुनुपर्छ ।
हाम्रा लेखनमा कसैको प्रभाव, कसैले प्रयोग गरिसकेको भाव वा अन्धानुकरण कदापि हुन ुहुँदैन । हामी सबैले आफ्ना लेखनहरूलाई थप सार्थक बनाउने प्रयास गर्नुपर्छ । हामी सबैले आफूलाई फेला पार्ने यात्रामा निस्किनुपर्ने समय आइसकेको छ ।
हामीमध्ये कसैले पनि नयाँ विषय, विम्ब, शैली र भावधारामा रहेर लेखिरहँदा आफ्नो धरातललाई पनि सम्झिनुपर्छ । कस्तो पृष्ठभूमिमा बसेर हामी केका लागि लेखिरहेका छौँ भन्ने सन्दर्भमा पनि एकछिन सोच्नु वाञ्छनीय हुन्छ ।
आजको व्यस्त जीवनमा लेखनको महत्त्व, आत्मनिरीक्षण र व्यक्तिगत विकाससँग लेखनको सम्बन्धजस्ता विषयवस्तुलाई समेटेर आफ्नो लेखकीय कर्म इमानदारीपूर्वक गर्नु धेरै राम्रो हुन्छ । लेखनमा इमानदारिता छैन भन्ने त्यसले कदापि पनि कहिल्यै यसले पाठकलाई आफ्नो लेखनशैली र उद्देश्यबारे पुनर्विचार गर्न प्रेरित गर्नेछ ।
मानिस सामाजिक प्राणी हो । उसलाई आफ्नै किसिमका मानिसहरूसँगको भेटघाट, कुराकानी र सम्बन्धको खाँचो पर्छ । यी भेटघाटहरूले हामीलाई नयाँ कुरा सिक्न, हाम्रा विचारहरू साटासाट गर्न र हाम्रो जीवनलाई अर्थपूर्ण बनाउन मद्दत गर्छन् ।
आजको व्यस्त जीवनशैलीमा यस्ता भेटघाटहरू दिन प्रतिदिन कम हुँदै गएका छन् । प्रविधिको विकाससँगै हामीले भौतिक संसारभन्दा भर्चुअल संसारमा बढी समय बिताउन थालेका छौँ । यसले हाम्रा सामाजिक सम्बन्धहरूलाई कमजोर बनाएको छ ।
पहिलेका मानिसहरू एकार्कासँग प्रत्यक्ष भेटेर कुराकानी गर्थे । गाउँघरमा मानिसहरू एकार्काको घरमा गएर खान्थे, पिउँथे, गफगाफ गर्थे । चाडपर्वमा जम्मा भएर रमाइलो गर्थे ।
तर, अचेल मानिसहरू आफ्नै कोठामा बसेर मोबाइल र कम्प्युटरमा व्यस्त रहन्छन् । सामाजिक सञ्जालहरूले हामीलाई संसारका कुनै पनि कुनामा बसेका मानिससँग जोड्ने काम गरेका छन् । तर, यी सञ्जालहरूले हामीलाई वास्तविक जीवनबाट टाढा पनि बनाएका छन् ।
भर्चुअल संसारमा हामी जस्तो देखिन चाहन्छौँ, त्यस्तै देखिन सक्छौँ । हामी हाम्रो बारेमा झुटो कुरा पनि गर्न सक्छौँ । तर, वास्तविक जीवनमा हामीलाई लुकाउन सक्दैनौँ । हामी जस्तो छौँ, त्यस्तै देखिन्छौँ । यसैले वास्तविक भेटघाटहरूले हामीलाई एकार्काको बारेमा राम्रोसँग बुझ्न मद्दत गर्छ ।
भेटघाटमा एकार्काको अनुहार हेर्न, भावना बुझ्न, आवाज सुन्न सक्छौँ । यी सबै कुराले हामीलाई एकार्कासँगको सम्बन्धलाई बलियो बनाउँछ । भर्चुअल संसारमा हामी धेरै मानिससँग जोडिन सक्छौँ । तर, वास्तविक जीवनमा हामी थोरै नै मानिससँग गहिरो सम्बन्ध बनाउन सक्छौँ । यी गहिरो सम्बन्धहरूले हामीलाई खुसी र सन्तुष्ट बनाउँछन् ।
आजको युगमा प्रविधिको प्रयोगबाट बच्न सकिँदैन । तर, हामीले प्रविधिलाई सन्तुलित रूपमा प्रयोग गर्न सिक्नुपर्छ । हामीले भर्चुअल संसारमा बढी समय बिताउनुको सट्टा वास्तविक संसारमा बढी समय बिताउनुपर्छ । हामीले आफ्ना साथीहरू, परिवारका सदस्यहरू र आफन्तहरूसँग भेटघाट गर्नुपर्छ । हामीले नयाँ मानिसहरूसँग परिचित हुनुपर्छ । हामीले सामाजिक कार्यक्रमहरूमा भाग लिनुपर्छ ।
भेटघाट सम्बन्धले हामीलाई मानसिक रूपमा स्वस्थ राख्न मद्दत गर्छ । यसले हामीलाई एक्लोपनबाट बचाउँछ । यसले हामीलाई खुसी र सन्तुष्ट बनाउँछ । त्यसैले हामी सबैले भेटघाट सम्बन्धलाई महत्त्व दिनुपर्छ । छुटिनुभन्दा भेटिनु वा मिलन हुनु मानिसको जीवनको अभिन्न अंग हो । यसले हामीलाई नयाँ कुरा सिक्न, हाम्रा विचारहरू साटासाट गर्न र हाम्रो जीवनलाई अर्थपूर्ण बनाउन मद्दत गर्दछ ।
आजको व्यस्त जीवनशैलीमा हामीले भर्चुअल संसारमा बढी समय बिताउन थालेका छौँ । यसले हाम्रा सामाजिक सम्बन्धहरूलाई कमजोर बनाएको छ । त्यसैले हामीले भौतिक संसारमा बढी समय बिताउनुपर्छ र वास्तविक जीवनमा मानिसहरूसँग भेटघाट गर्नुपर्छ ।
यिनै सन्दर्भहरूलाई ध्यान दिएर हुनुपर्छ केही साताअघि लेखक भागवत खनालले लेखनका विषयमा आपसी संवाद हेतु भेटघाटको आयोजना गर्नुभयो । सो भेटघाटले सम्बन्धको नयाँ सिलसिला बुन्दै र बनाउँदै मूलतः समकालीन लेखनमाथि गम्भीर चिन्तनमननको थालनी प्रारम्भ गरेको छ ।