site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
भाइरल भिडियो : कुट्ने असई, थालियो निलम्बन प्रक्रिया

काठमाडौं । प्रहरीले एक व्यक्तिमाथि निर्घात कुटपिट गरेको भिडियोका विषयमा अनुसन्धान थालिएको छ । सामाजिक सञ्जालमा ‘भाइरल’ भिडियोमा बर्दी लगाएका एक प्रहरीले ती व्यक्तिलाई लात्ताले हानेर ढालेको देखिन्छ ।

नजिकै प्रहरीले चेकिङ गरिरहेको र त्यहीँ सामु उभिएका व्यक्तिलाई ती प्रहरीले कुटपिट गरेको देखिन्छ । प्रहरीको लात्ताले ती व्यक्ति ढलेका छन् । ढलेपछि समेत कुटपिट गरेको भिडियोमा देखिन्छ ।

भिडियोमा सुनिएअनुसार, ती व्यक्तिलाई प्रहरीले ‘कसलाई फोन गर्छस्, गर ! पावर देखाउन खोजेको ?’ भन्दै मरणासन्न हुने गरी कुटपिट गरेका छन् ।

उक्त भिडियो चितवनको रहेको खुलेको नेपाल प्रहरीका प्रवक्ता एवं डीआईजी दिनेश आचार्यले जानकारी दिए । उनले बाह्रखरीसित भने, ‘‘प्रहरीले सर्वसाधारणमाथि कुटपिट गरेको भिडियो सार्वजनिक भएपछि प्रहरीले आन्तरिक अनुसन्धान थालेको छ । प्रारम्भिक छानबिनबाट भिडियो चितवनको भएको खुलेको छ । हामी थप अनुसन्धान गर्दै छौँ ।’’

भिडियो हेर्दा प्रहरी आचरणविपरीत कार्य गरेको देखिएको छ । घटनामा संलग्न प्रहरी कर्मचारीलाई कारबाही हुने डीआईजी आचार्यको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एवं एसपी गौमत मिश्रले भिडियो चितवनकै भएको पुष्टि गरे । भिडियो गएको पुस १५ गतेको भएको उनले जानकारी दिए ।

उनले भने, ‘‘भिडियो भरतपुर महानगरपालिका–११, बसेनीको हो । घटना अघिल्लो महिना पुस १५ गतेको रहेछ । हामीले सम्बन्धित प्रहरी कर्मचारीलाई निलम्बनको प्रक्रिया थालिसकेका छौँ ।’’

एसपी मिश्रका अनुसार, बसेनी अस्थायी प्रहरी बिटका प्रमुख समेत रहेका प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर घर्ती भुजेलले ती व्यक्तिमाथि कुटपिट गरेका हुन् ।

चितवन प्रहरीको अनुसन्धानबाट असई भुजेलले नै प्रहरी आचरणविपरीत कुटपिट गरेको खुलेपछि निलम्बनको प्रक्रिया थालिएको उनले बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ ७, २०८१  १२:०८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro