site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
ग्रीसको लिग खेल्न अञ्जिलाले पाइन् अनुमति
फाइल तस्बिर ।
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी कप्तान तथा गोलकिपर अञ्जिला तुम्बापो सुब्बाले ग्रीसको निस अट्रोमिटौबाट लिग खेल्ने अनुमति पाएकी छन् ।

गत भदौमा अनुबन्ध भए पनि अञ्जिला मंसिरमा टोलीसँग जोडिएकी थिइन् । अञ्जिलालाई ग्रीस महिला ‘ए’ लिग क्लबको अट्रोमिटौले सिजन २०२४–२५ को लागि अनुबन्ध गरेको हो । सम्झौता रकम भने गोप्य राखिएको छ ।

अनुमति प्राप्त गरेसँगै अञ्जिलाले शनिबार हुने ओएफआइविरुद्ध खेल्ने सम्भावना छ । "शुक्रबार पत्र आएसँगै लिग खेल्न अनुमति पाएको छु," अन्जिलाले भनिन्, "कागजपत्र नमिलेपछि निरन्तर अभ्यासमा थिए । युरोपमा डेब्यु गर्न तयार छु ।"

अञ्जिला सम्मिलित अट्रोमिटौ १० खेलमा दुई जितका साथ ९ अंक जोडेर लिगको नवौँ स्थानमा छ । ओएफआई समान खेलबाट १९ अंकका साथ चौथो स्थानमा छ ।

अञ्जिला पहिलोपटक एसिया बाहिरको लिग खेल्दैछिन् । यसअघि अञ्जिलाले भारत र पाकिस्तानको लिग खेलेकी थिइन् । उनले भारतको सेथु एफसीमा दुई र पाकिस्तानको मासा युनाइटेडमा एक सिजन खेलेको बताइन् । अञ्जिला दुवै टोलीको कप्तान थिइन् ।

विभागीय टोली एपीएफ क्लबमा आबद्ध अञ्जिला स्ट्राइकर सावित्रा भण्डारीपछि युरोपको लिग खेल्ने दोस्रो नेपाली खेलाडी बन्दै छिन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  २१:५०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro