site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
साताको सेयर : ‘अन्य’ समूहका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । यो साता सेयर बजार समग्रमा ६५.७० अंकले बढ्यो । ३६ अर्ब सात करोड रुपैयाँको सेयर कारोबार भयो ।

गएको साताको तुलनामा कारोबार रकम १३ अर्ब ६७ करोड १३ लाख रुपैयाँले बढ्यो । गएको साता २२ अर्ब ४० करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

यो साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक २६५४.३५ विन्दुमा बन्द भएको छ । गएको साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २५८८.६२ विन्दुमा बन्द भएको थियो ।

नेपाल स्टक एक्सचेन्ज (नेप्से)का अनुसार, यो साता बजार पाँचमध्ये चार कारोबार दिनमा बढ्यो । एक कारोबार दिन बिहीबार बजार घटेर २६५४.३५ विन्दुमा बन्द भएको हो । अघिल्लो कारोबार दिन बुधबार बजार २६६५.४५ विन्दुमा पुगेको थियो ।

यो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से ११.१० अंकले नेप्से घट्यो । आइतबार १२.५८, सोमबार ६.७८, मंगलबार ५.०८ र बुधबार ५२.३६ अंकले बजार बढ्यो ।

गएको साता बजार समग्रमा ४६.४५ अंकले घटेको थियो । गएको साता एक कारोबार दिन बुधबार १.८३ अंकले बजार बढेको थियो । गएको साताको आइतबार नेप्से परिसूचक २५.४१, सोमबार १५.५४ र बिहीबार ७.३३ अंकले घटेको थियो ।

‘अन्य’ समूहका लगानीकर्ताले सर्वाधिक कमाए
नेप्सेका अनुसार, यो साता सर्वाधिक कमाउनेमा ‘अन्य’ समूहका लगानीकर्ता छन् । यो समूहको परिसूचक एक सातामा ९.४० प्रतिशतले बढ्यो ।

यो साता पनि बढी गुमाउनेमा फाइनान्स समूहका लगानीकर्ता छन् । एक सातामा यो समूहका लगानीकर्ताको सम्पत्ति २.८५ प्रतिशतले घटेको छ । गएको साता फाइनान्स समूहका लगानीकर्ताले १२.९६ प्रतिशत सम्पत्ति गुमाएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro