site stats
बाह्रखरी :: Baahrakhari
प्रवास
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
यूएईमा ६ महिनामा १६७ नेपाली कामदारको मृत्यु 

काठमाडौं । बितेको ६ महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई)मा १६७ नेपाली कामदारको मृत्यु भएको छ । चालु आर्थिक वर्ष २०८१÷८२ को पहिलो ६ महिना (साउनदेखि पुस मसान्तसम्म)मा उनीहरूको मृत्यु भएको यूएईस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासले सार्वजनिक गरेको विवरणानुसार यूएईमा ०८१ साउनमा ३०, भदौमा ३२, असोजमा ३३, कात्तिकमा ३५, मंसिरमा २४ र पुसमा १३ नेपालीको मृत्यु भएको छ ।

उक्त अवधिमा यूएईमा प्रत्येक महिना औसतमा २७ भन्दा बढी नेपाली कामदारको मृत्यु भएको देखिन्छ । गत आर्थिक वर्ष २०८०÷८१ मा यूएईमा २३१ नेपालीले ज्यान गुमाएका थिए । उक्त वर्ष यूएईमा प्रत्येक महिना औसतमा १९ भन्दा बढी नेपालीको मृत्यु भएको थियो ।

सडक, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत कारण यूएईमा नेपालीले ज्यान गुमाउने गरेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १३:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro