site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सिद्धबाबा सुरुङमार्गको ब्रेक थ्रु

काठमाडौं । सिद्धबाबा सुरुङमार्गको मुख्य सुरुङको आज ब्रेक थ्रु (छेडिएको) भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको भर्चुअल उपस्थितिमा सुरुङमार्गको ब्रेक थ्रु भएको हो । ओली प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअलरूपमा उपस्थित भएका हुन् ।

प्रधानमन्त्री ओली स्थलगतरूपमै पुग्ने कार्यक्रम थियो । तर, अस्वस्थ भएपछि उनी जान सकेनन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको माथिल्लो सिद्धबाबा मन्दिरदेखि एक किलोमिटर १२६ मिटर सुरुङमार्ग छिचोलिने काम सकिएको हो ।

ओलीले थानकोट–नागढुंगा सुरुङमार्ग ब्रेक थ्रु भएको र नेपाल सुरुङ युगमा प्रवेश गरिसकेकाले अब त्रासको वातावरणमा यात्रा गरिहनुपर्ने अवस्था अन्त्य हुने बताए । उनले सहज र छोटो मार्गबाट यात्रा गर्न सक्ने स्थितिमा पुगेको पनि बताए ।

“सुरुङमार्ग ब्रेक थ्रु हुनु सिंगै देशको खुसीको कुरा हो । अब नेपाल हिजो झैँ दुर्गम भन्ने रहेन । हामीले यसलाई अझ सुगम बनाउनु छ,” प्रधानमन्त्री ओलीले भने, “मुलुकमा शीघ्र विकास र सुशासन दिन अहिलेको सरकार तल्लीन छ । हामी अरूको पनि सहयोग लिन्छौँ र हामी बनाउँछौँ हाम्रो देश । देशलाई फाइदा हुने कुराहरूमा सरकारको ध्यान जानेछ ।”

कार्यक्रमस्थलमा उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह, विष्णुप्रसाद पौडेल, भौतिक यातायात तथा पूर्वाधारमन्त्री देवेन्द्र दाहाल, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य, नेपालका लागि चीनका राजदूत चेन सोङलगायत सहभागी थिए ।

प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १६:०९
प्रतिक्रिया दिनुहोस्