site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
काठमाडौंका यी स्थानमा जानेछ ५ घण्टासम्म बिजुली 

काठमाडौं । काठमाडौं उपत्यकाका केही स्थानमा बुधबारदेखि दैनिक ५ घण्टा विद्युत् अवरुद्ध हुने भएको छ । विद्युत् अवरुद्ध १० दिनसम्म हुने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ । 

प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गरी कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युत्ीय वितरण लाइन भूमिगत गर्र्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको जनाएको छ । 

“विभिन्न स्थानहरूमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति बन्द हुने व्यहोरा सर्वसाधारणको जानकारीका लागि अनुरोध गरिन्छ,” प्राधिकरणको सूचनामा भनिएको छ । 

प्राधिकरणका अनुसार विद्युत् अवरुद्ध माघ ९ गतेदेखि १८ गतेसम्म हुनेछ । माघ ९ गते कलंकी फिडर (कुलेश्वर)अन्तर्गत मालपोत कार्यालय वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । 

माघ १० गते कोटेश्वर फिडर (बानेश्वर)अन्तर्गत तीनकुने पुलदेखि महादेव खोला पुलसम्मको क्षेत्र, माघ ११ गते च्यासल, लुभू फिडर (लगनखेल) र इमाडोल–१ (बानेश्वर) फिडर अन्तर्गत बालकुमारी, इमाडोल तथा लुभू वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ । 

यस्तै, माघ १२ गते बलम्बु फिडर अन्तर्गत बलम्बु क्षेत्र, माघ १३ गते रोपवे फिडर (कीर्तिपुर)अन्तर्गत त्रिभुवन विश्वविद्यालय वरिपरिका क्षेत्र, माघ १४ गते इमाडोल–१ (बानेश्वर) फिडरअन्तर्गत च्यासल पुलदेखि बालकुमारी पुल वरिपरिका क्षेत्रमा विद्युत् अवरुद्ध हुने जनाइएको छ । 

माघ १५ गते गोठाटार (जोरपाटी) फिडरअन्तर्गत मानटार चोक क्षेत्र, माघ १६ गते मातातीर्थ (कुलेश्वर) फिडर अन्तर्गत मातातीर्थ वरिपरिका क्षेत्र, माघ १७ गते शंखमुल फिडर (बानेश्वर)अन्तर्गत दोभान पुल वरिपरिका क्षेत्र र माघ १८ गते केएससी र ओल्ड एयरपोर्ट फिडर (बानेश्वर)अन्तर्गत आलोकनगर वरिपरिका क्षेत्रमा पाँच घण्टा विद्युत् अवरुद्ध हुने प्राधिकरणले बताएको छ । 
    
 

प्रकाशित मिति: मंगलबार, माघ ८, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro