राजनीति
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएका छन् । उनलाई केही दिनदेखि रुघाखोकी लागेकाले काठमाडौं बाहिरका सबै कार्यक्रममा भर्चुअल सहभागिता जनाएको उनको सचिवालय स्रोतले जानकारी दिएको छ ।
आज उनको पाल्पामा तीन र रुपन्देहीमा एक कार्यक्रम तय भएका थिए ।
ती कार्यक्रममा उनले भर्चुअल उपस्थिति जनाएका थिए । प्रधानमन्त्री ओलीका चिकित्सक डा. दिब्या सिंह शाहले प्रधानमन्त्रीमा रुघाखोकी लागेकाले घरमै आराम गर्न सुझाव दिइएको हो । “सामान्य रुघाखोकी हो । घरमै आराममा हुनुहुन्छ । केही दिनमा ठिक भएपछि बाहिर निस्कन सुझाव दिएका छौँ । गम्भीर केही होइन,” उनले बाह्रखरीसँग भनिन् ।
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१ १३:४९
प्रतिक्रिया दिनुहोस्