site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
मछिन्द्र सभापति कपको सेमिफाइनलमा

काठमाडौं । मछिन्द्र क्लब नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा भएको सभापति कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।

दशरथ रंगशालामा शुक्रबार भएको खेलमा मछिन्द्रले एपीएफलाई १–० गोलले पराजित गरेको हो । मछिन्द्रको जितमा सनिष श्रेष्ठले थप गरिएको अन्तिम मिनेटमा गोल गरे ।

बिमल घर्तीमगरले दोस्रो हाफमा मैदान प्रवेश गर्दै नेपाली फुटबलमा कमब्याक गरेका छन् । अन्तिमपटक एक वर्ष अगाडि उनले नेपालमा फुटबल खेलेका थिए ।

यसअघि चर्च ब्वाइजलाई हराउदै संकटाले सेमिफाइनलमा स्थान सुरक्षित गरिसकेको छ । फाइनल प्रवेशका लागि मछिन्द्रले संकटासँग खेल्ने छ ।

उपाधि विजेताले २६ लाख र उपविजेताले नगद १३ लाख पाउने छ ।

 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  २१:०९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro