site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
भ्रष्टाचारको कुन फाइल खोल्ने हो खोलौँ, तर खोल्ने धम्की दिन बन्द गरौँ : गगन थापा
तस्बिर : हरिशजंग क्षेत्री/बाह्रखरी

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीसमेत रहेका सांसद गगन थापाले भ्रष्टाचारको अनुसन्धान नियमित भएकाले फाइल खोल्ने धम्की बन्द गर्न आग्रह गरेका छन् । बिहीबार संसद्को राज्य व्यवस्था तथा सुशासन समितिको फाइल खोल्ने धम्कीका कारण पनि भ्रष्टाचारले प्रश्रय पाइरहेको बताए ।

“भष्ट्राचारका कुन कुन फाइल खोल्ने हो ? सरकारले खोल्ने फाइल कस्तो हुन्छ ? फाइल खोल्छु भन्दा आजित भइसक्यो,” थापाले भने, “कुन फाइल खोल्ने हो ? शेरा दरबार, ललिता निवास, गिरिबन्धुको कुन कुनको फाइल खोल्ने हो खोलौँ ।”

भ्रष्टाचारको छानबिन हल्ला गर्ने विषय नभएको उनको भनाइ छ । उनले निर्दोष नफस्ने र दोषी नउम्कने गरी काम गर्न आग्रह गरे । उनले आवश्यक परे शक्तिशाली आयोग बनाएर जानुपर्ने बताए । उनले पूर्व वा बहालवाला प्रधानमन्त्रीसमेतमाथि छानबिन गराउने भए पनि आफूहरू तयार रहेको बताए ।

“निर्दाेष कोही पर्न हुन्न, दोषी उम्कन हुन्न । भ्रष्टाचारसम्बन्धी काम गर्न शक्तिशाली आयोग बनाउने भए बनाऔँ,” थापाले भने, “पूर्व/बहालवाला प्रधानमन्त्री, सांसदको सम्पति छानबिन गर्न आयोग बनाउने हो ? बनाऔँ ।”

तर, भाषणले मात्र नहुने उनको भनाइ छ । सांसद थापाले बहालवाला प्रधानमन्त्री, आफ्नो पार्टीका सभापतिसहित शीर्ष नेता बसेर सहमतिमा पुग्न पनि आग्रह गरे । 

उनको प्रस्तावमा समर्थन जनाउँदै नेकपा (माअ‍ोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले शीर्ष नेताहरूबीच छलफल गर्दा उचित हुने प्रतिक्रिया दिएका थिए । “प्रमुख नेतासँगै बसेर छलफल गर्दा उचित हुन्छ,” थापाले बोलेपछि प्रचण्डले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १२:४४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro