अर्थ व्यवसाय
काठमाडौं । नेपाल एसबीआई मर्चेन्ट बैकिङ लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा विकास आनन्द नियुक्त भएका छन् । कम्पनीको सोमबार बसेको सञ्चालक समितिको ६६औँ बैठकले आनन्दलाई सञ्चालक समितिको अध्यक्ष पदमा सर्वसम्मति चयन गरेको हो ।
यसअघि, उनी नेपाल एसबीआई बैंक लिमिटेडको प्रमुख सञ्चालन अधिकृतको पदमा कार्यरत थिए । उनले केन्द्रीय सञ्चालन, मानव संशाधन, कर्जा प्रशासन, सामान्य सेवा तथा कानुनलगायत मामिला पनि हेर्ने कम्पनीले जनाएको छ ।
नियुक्तसँगै उनले कम्पनी ऐनबमोजिम गोप्यता तथा इमान्दारिताको शपथ ग्रहण गरेको कम्पनीले बताएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१ १७:१३
प्रतिक्रिया दिनुहोस्