site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
चिनियाँ राष्ट्रपति सीले प्रधानमन्त्री ओलीलाई के भने ?

काठमाडौं । चिनियाँ राष्ट्रपति सी चिनफिङले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मुख्यगरी ६ वटा कुरा बताएका छन् । चीनको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री ओली र सीबीच मंगलबार बेइजिङको देउताई स्टेट गेस्ट हाउसको भिल्ला नम्बर १२ मा शिष्टाचार भेटवार्ता भएको थियो । 

भेटवार्तामा सहभागी परराष्ट्र मन्त्रालयका प्रवक्ता कृष्णप्रसाद ढकालका अनुसार नेपाल–चीनबीचको द्विपक्षीय सम्बन्ध र हितका विविध विषयमा विस्तृत छलफल भएको थियो ।

“राष्ट्रपति सीले नेपाल र चीन पुराना र असल छिमेकी तथा मित्रराष्ट्र भएको बताउनुभयो,” प्रवक्ता ढकालले भने, “राष्ट्रपति सीले नेपाल र चीनबीचको सम्बन्ध आपसी सद्भाव, सम्मान र सहयोगमा आधारित रहेको पनि बताउनुभयो ।”

राष्ट्रपति सीले नेपालको विकास र समृद्धिमा चीनको दरिलो साथ र सहयोग रहने प्रधानमन्त्री ओलीलाई बताएको ढकालले जनाए ।

भेटवार्ताको क्रममा चिनियाँ राष्ट्रपति सीले नेपाललाई ५०० मिलियन आरएमबी (९ अर्ब ३० करोड रुपैयाँ) अनुदान दिने घोषणा गरेका थिए ।

“राष्ट्रपति सीले नेपाली वस्तुहरू चिनियाँ बजारमा निर्यात गर्न थप सहजीकरण गर्ने पनि बताउनुभयो,” भेटवार्ताबारे परराष्ट्र मन्त्रालयका प्रवक्ता ढकालले जानकारी दिए । 

भेटमा चिनियाँ राष्ट्रपतिले चिनियाँ लगानीकर्ताहरूलाई नेपालमा लगानी गर्न प्रोत्साहन गर्ने आश्वासन पनि दिएका छन् ।

जवाफमा प्रधानमन्त्री ओलीले मित्रराष्ट्र चीन र नेपालबीचको सम्बन्ध पञ्चशीलको सिद्धान्तमा आधारित रहेको बताएका थिए । 

“प्रधानमन्त्रीज्यूले नेपाल र चीनबीचको सम्बन्धको मूल आधार सार्वभौमिक समानता, राजनीतिक स्वतन्त्रता, आपसी समझदारी र विश्वास रहेको बताउनुभयो,” प्रवक्ता ढकालले भने । 

नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वर्षको अवसरमा सन् २०२५ मा नेपाल भ्रमण गर्न राष्ट्रपति रामचन्द्र पौडेलेको तर्फबाट प्रधानमन्त्री ओलीले राष्ट्रपति सीलाई आमन्त्रण गरेका थिए । 

जवाफमा राष्ट्रपति सीले नेपाल भ्रमणको आमन्त्रणका लागि धन्यवाद दिँदै उपयुक्त समयमा नेपाल भ्रमण गर्ने बताएका थिए ।  

भेटमा प्रधानमन्त्री ओलीले छोटो अवधिमा चीनले गरेको तीव्रतर विकास र गरिबी निवारणको क्षेत्रमा हासिल गरेको सफलताको प्रसंशा गरेका थिए ।

साथै, वर्तमान सरकारका समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षासहित आर्थिक विकास र रूपान्तरणमा केन्द्रित रहेको बताउँदै प्रधानमन्त्री ओलीले आर्थिक विकासका क्षेत्रमा मित्रराष्ट्र चीनसँग सहयोग र साझेदारी गर्न चाहेको जनाएका थिए । 

प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १९:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
खानेपानी त स्वच्छ होस् !
खानेपानी त स्वच्छ होस् !
Hamro patroHamro patro