site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
ऊर्जामन्त्रीको उटपट्याङ : कुलमान नभएको मौकामा प्राधिकरणमा राखियो कार्यकक्ष

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले अपरिपक्व व्यवहार देखाएका छन् । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ जिल्लाबाहिर गएका बेला त्यहाँ रातारात कार्यकक्ष बनाउन लगाएर उनले अपरिपक्वता प्रस्तुत गरेका हुन् ।

डेडिकेटेड तथा ट्रंकलाइन विवादमा खड्का र घिसिङबीच द्वन्द्व छ । यही बेला मन्त्रीले रत्नपार्कस्थित प्राधिकरणको कार्यालयमा रातारात आफ्नो कार्यकक्ष बनाउन लगाएका हुन् ।

ismdg-1733300255.jpg
रङ समेत नसुकेको कार्यकक्षमा बुधबार सचिवसहित पुगेका खड्कालाई प्राधिकरणका उपनिर्देशक मनोज सिलवाललगायत कर्मचारीले स्वागत गरे ।

बाह्रखरीले चार महिनापछि रङ समेत नसुकेको कार्यकक्षमा आउनुभयो भन्ने प्रश्न गर्दा खड्काले भने, “प्राधिकरणका अध्यक्षको हैसियतले कार्यकक्ष बनाउन लगाएको र यहाँ आउँदा बस्ने ठाउँसम्म नभएका कारण आवश्यक थियो ।”

प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १४:०२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro