site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
उपनिर्वाचनबारे प्रचण्डको विज्ञप्ति : पार्टीलाई उत्साहजनक सफलता 
फाइल तस्बिर ।

काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले उपनिर्वाचनको परिणामलाई उत्साहजनक सफलताका रूपमा व्याख्या गरेको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उपनिर्वाचनबारे विज्ञप्ति जारी गरी पार्टीले जितेका पदाधिकारी र प्राप्त जनमत उत्साहजनक रहेको उल्लेख गरेका छन् ।

“हाम्रो पार्टीले यो निर्वाचनलाई भ्रष्टाचारविरुद्ध र सुशासनका पक्षको नयाँ संकल्पको रूपमा लिएको थियो । खासगरी हाम्रो पार्टी नेतृत्वको सरकारले अघि सारेको सुशासन, सामाजिक न्याय र आर्थिक समृद्धिको एजेन्डालाई जनस्तरसम्म पुर्‍याउँदै पार्टीको आगामी बाटो र दृष्टिकोण सुस्पष्ट गर्ने अवसरको रूपमा उपनिर्वाचनलाई लिएका थियौँ,” प्रचण्डको विज्ञप्तिमा भनिएको छ, “निर्वाचित जनप्रतिनिधिको संख्या र जनमत दुवै हिसाबबाट पार्टीले उत्साहजनक सफलता प्राप्त गरेको छ ।” 

अध्यक्ष प्रचण्डले माओवादीले लिएको मुद्दामा जनसमर्थन जुटेको र अवाञ्छित गठबन्धन असफल भएको निष्कर्ष पनि सार्वजनिक गरेका छन् । “विभिन्न स्थानमा बनेका अवाञ्छित गठबन्धनलाई समेत चिर्दै जनताले प्रकट गरेको उत्साहपूर्ण समर्थनलाई हाम्रो पार्टी उच्च सम्मान गर्दछ,” प्रचण्डले भनेका छन्, “यसबाट हाम्रो पार्टीले अघि सारेका एजेन्डा र अघि बढाउन खोजेको अभियानको जनताले अनुमोदन गरेको पुष्टि भएको छ ।”

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १५:१५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
चौताराहरू लोप हुने जोखिम
चौताराहरू लोप हुने जोखिम
Hamro patroHamro patro