कला
काठमाडौं । तीनवटा सांगीतिक व्यान्ड ‘कुमा सागर एन्ड द ख्वप’, ‘एक्सिस’ र ‘झिल्के एन्ड द कम्पनी’ले एकसाथ नेपाल टुर गर्ने भएका छन् ।
‘चिल म्युजिक फेस्ट–लेट्स गेट लाउड नेपाल’ नाम दिइएको नेपाल टुर झापाबाट सुरु हुनेछ । नेपाल टुरको प्रमुख आयोजक र व्यवस्थापक पोजेटिभ भाइब्स इन्टरटेनमेन्ट नेटवर्क (पीभीई नेटवर्क) हो ।
झिल्के एन्ड द कम्पनी प्रमुख गायक स्टिभ देवानका अनुसार नेपाल टुर डिसेम्बर २१ बाट सुरु भएर फेब्रुअरी ७, २०२५ मा समापन हुनेछ ।
झापामा डिसेम्बर २१, रुपन्देहीमा डिसेम्बर २४, काठमाडौंमा डिसेम्बर ३१, भक्तपुरमा जनवरी २५, पोखरामा जनवरी ३१, चितवनमा फेब्रुअरी १ र सुनसरीमा ब्रुअरी ७ मा कार्यक्रम हुने आयोजकले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१ १६:३२
प्रतिक्रिया दिनुहोस्