site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
कांग्रेस सभापतिसँग महामन्त्रीद्वयको छलफल : देउवाले राखेनन् मन्त्री हेरफेरको विषय
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माबीच भेटवार्ता भएको छ । मंगलबार बिहान ९ः३० देखि करिब एक घण्टा चलेको छलफलमा आसन्न उपनिर्वाचन, उमेदवारको छनोट, उनीहरूको आफ्नो क्षेत्रमा प्रभाव र पार्टीले खेल्नुपर्ने भूमिकाका विषयमा कुराकारी भएको एक महामन्त्रीले जानकारी दिए ।

ती महामन्त्रीका अनुसार, सभापति देउवाले मन्त्रिपरिषद्को पुनर्गठनसहितका चर्चामा रहेका विषयमा भने कुनै जानकारी गराएनन् । कांग्रेसबाट सरकारमा सहभागी मन्त्री हेरफेर हुन लागेका हुन् ? भन्ने प्रश्नमा उनले भने, “बाहिर त्यस्तो चर्चा भएको छ, तर सभापतिज्यूले त्यस्तो विषयमा कुनै जानकारी गराउनुभएको छैन ।”

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

सभापति देउवाले आफू लामो समय डडेलधुरातिर रहेकाले उपनिर्वाचनसहितका विषयमा अपडेट लिन र केही सुझाव दिने प्रयोजनका निम्ति बैठकमा डाकेको ती महामन्त्रीको भनाइ छ ।

सभापति देउवा डडेलधुराका गाउँगाउँ घुमेर काठमाडौं फर्किएपछि सोमबार (हिजो) प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका थिए । प्रधानमन्त्री ओली र देउवाबीच सरकारमा रहेका मन्त्रीहरूका कार्यको समीक्षा गरी प्रभावकारी हुन नसकेकालाई फेर्ने विषयमा कुराकानी भएको चर्चा थियो । तर, देउवाले महामन्त्रीद्वयसँग उक्त विषय नराखेकाले तत्काललाई मन्त्री हेरफेरको निर्णय नहुने संकेत मिलेको छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ४, २०८१  १३:५०
प्रतिक्रिया दिनुहोस्