site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सातबुँदे सहमति कार्यान्वयन हुन्छ, दुई वर्षपछि देउवा प्रधानमन्त्री बन्नुहुन्छ : गगन थापा

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सरकार गठनका लागि एमालेसँग गरिएको सातबुँदे सहमति कार्यान्वयनमा आफूहरू प्रतिबद्ध रहेको बताएका छन् ।

सानेपास्थित पार्टी मुख्यालयमा आयोजित एक कार्यक्रममा महामन्त्री थापाले दुई वर्षपछि पार्टी सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बताए ।

Dabur Nepal
NIC Asia

सातबुँदे सहमति कार्यान्वयनका लागि वातावरण बनाउने विषयमा पनि पार्टी लाग्नुपर्ने बताए । महामन्त्री थापाले सोही सहमतिको आधारमा सरकारको न्यूनतम साझा कार्यक्रम तय गरिएको र त्यो छिट्टै सार्वजनिक हुने बताए ।

"एमाले र कांग्रेसबीच भएको सातबुँदे सहमतिको आधारमा सरकार गठन भएको छ । सम्माननीय केपी शर्मा ओलीको नेतृत्वमा यो सरकार छ । दुई वर्ष सरकार चलिसकेपछि पार्टी सभापति आदरणीय माननीय शेरबहादुर देउवाको नेतृत्वमा सरकार बन्छ । यो समझदारीमा हामी शतप्रतिशत कमिटेड छौँ," थापाले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज २, २०८१  १६:३२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro