site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
काठमाडौंमा शुक्रबारदेखि ‘थाई फिल्म फेस्टिभल नेपाल–२०२४’ हुँदै 
SkywellSkywell

काठमाडौं । काठमाडौंस्थित रोयल थाई दूतावासले ‘थाई फिल्म फेस्टिभल नेपाल–२०२४’ आयोजना गर्ने भएको छ । सोमबार दूतावासमा आयोजित पत्रकार सम्मेलनमा नेपालका लागि थाई राजदूत सुपापोङ सिरिसोर्नले नेपाल र थाइल्यान्डबीचको कूटनीतिक सम्बन्धको ६५ वर्ष पुगेको अवसरमा दशक अघिदेखि रोकिएको फेस्टिभल पुनः सुरु गर्न लागेको जानकारी दिए ।

फेस्टिभल यही भदौ १४ गते शुक्रबारदेखि ठमेलस्थित छाया सेन्टरको क्यूएफएक्स सिनेमा हलमा सुरु भएर भदौ १६ गते आइतबार समापन हुनेछ । नेपालमा आयोजना हुन लागेको चौथो थाई फिल्म फेस्टिभल हो । यसको अघिल्लो संस्करण सन् २०१३ मा भएको थियो ।

KFC Island Ad
NIC Asia

राजदूत सिरिसोर्नले नेपाल र थाइल्यान्डबीचको लामो सम्बन्धलाई सम्मान गर्न र चलचित्रको विश्वव्यापी भाषामार्फत थाई र नेपाली जनतालाई नजिक ल्याउन फेस्टिभलको आयोजना गरिएको बताए । 

फेस्टिभलमा थाई चलचित्र बजारमा प्रशंसित र पुरस्कार विजेता ६ वटा चलचित्रहरू प्रदर्शन गरिनेछन् । दर्शकले कमेडी, रोमान्स, र हरर जानराका चलचित्रहरू हेर्न पाइनेछ । 

Royal Enfield Island Ad

फेस्टिभलको उद्घाटन भदौ १४ गते साँझ ५ः३० बजे ‘हाउ टु मेक मिलियन्स बिफोर ग्रान्डमा डाइज’ चलचित्रको प्रदर्शनसँगै हुनेछ । त्यसपछि सोही साँझ ‘प्याड थाई द मुभी’ देखाइनेछ । भदौ १५ गते मध्याह्न १२ः१५ बजे ‘टुगेदर द मुभी’ र दिउँसो ३ बजे ‘अन्डरटेकर’ प्रदर्शन हुनेछ । अन्तिम दिन भदौ १६ गते साँझ ५ः३० बजे ‘ड्रिम अ लिटिल ड्रिम’ र त्यसपछि साँझ ७ बजे ‘ब्रोकन सोर्ड हिरो’ चलचित्र प्रदर्शन हुने जारी प्रेस नोटमा उल्लेख छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, भदौ १०, २०८१  १४:१८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro