site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
‘मोदीबेनी’ : चलचित्रको टिकट देखाउँदा छुट 
SkywellSkywell

काठमाडौं । चलचित्र ‘मोदीबेनी’ले ‘मोदीबेनी फुड एन्ड इन्टरटेनमेन्ट अफर’ ल्याएको छ । यो अफरअन्तर्गत नेपालभर यो चलचित्र हेर्ने दर्शकले चलचित्र हेरेको एक महिनासम्ममा विभिन्न रेस्टुरेन्ट तथा काठमाडौंका लोकल फार्म र स्काइवाकमा छुट प्राप्त गर्नेछन् ।

काठमाडौंको कमलादीमा रहेको स्काइवाक टावरमा लाग्ने टिकट मूल्यमा दुई सय रुपैयाँ छुट, स्काइवाककै कम्पाउन्डमा रहेको मेक्सिकन खाना ‘बरिटो’को लागि बरिटो रेस्टुरेन्टमा दुई सय छुट, काठमाडौंको बत्तिसपुतलीमा रहेको अतिथि रेस्ट्रोमा २० प्रतिशत छुट पाइनेछ । सिटी सेन्टरको चौथो तल्लामा रहेको फुड कोर्टमा १५ प्रतिशत छुट तथा धुम्बाराहीमा रहेको लोकल फार्ममा रहेका सबै सामानमा १५ प्रतिशत छुट प्रदान हुने निर्माण टिमले जनाएको छ । 

KFC Island Ad
NIC Asia

काठमाडौं बाहिर दाङको नारायणपुरस्थित भिएफएक्स सिनेमा हलमा रहेको रेस्टुरेन्टमा २० प्रतिशत, इटहरीको तरहरास्थित रिजन होटेल एन्ड म्युजिक क्याफेमा २० प्रतिशत छुट तथा नेपालगन्जका दुई रेस्टुरेन्टहरू रेड हाउस रेष्ट्रो, गुरुद्वारा रोड र कुटुम्ब क्याफे, धम्बोजीमा २० प्रतिशत छुट प्रदान हुनेछ ।

यो अफरको लागि ‘मोदीबेनी’ चलचित्र हेर्नुपर्नेछ । अनलाइन वा हलबाट काटिएको टिकट देखाएपछि छुट प्राप्त गर्न सकिनेछ । अनलाइनबाट काटिएको टिकट भने प्रिन्ट गर्नुपर्नेछ । 

एउटै टिकटबाट माथि उल्लेखित सबै स्थानहरूमा एक पटकको लागि छुट प्रदान हुनेछ । यो अफर चलचित्र हेरेको दिनदेखि एक महिनासम्मको लागि कायम रहनेछ । 

चलचित्र साउन १८ गते रिलिज हुनेछ । चलचित्रलाई शंकर कोइरालाको निर्देशन रहेको छ । वर्षा सिवाकोटी, अमर प्रताप श्रेष्ठ, प्रवीण खतिवडा, रेजिना उप्रेती, सरोज खनाललगायतको अभिनय छ । 
 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१  १२:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro