site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
आज काठमाडौंका यी स्थानमा बिजुली काटिने

काठमाडौं । काठमाडौंको लाजिम्पाट, पानीपोखरी, बालुवाटारलगायत क्षेत्रमा केवल लाइन विस्तारका लागि नेपाल विद्युत् प्राधिकरणले आज बिजुली अबरुद्ध हुने जनाएको छ । 

प्राधिकरणले सूचना प्रकाशित गरी महाराजगञ्ज वितरण केन्द्रको लाजिम्पाट फिडरअन्तगर्तका क्षेत्रमा आज बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म बिजुली कटौती हुने जनाएको हो ।
 
तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएमा सो समयभन्दा अगावै विद्युत् आपूर्ति नियमित सञ्चालनमा आउनसक्ने प्राधिकरणले जनाएको छ । रासस

प्रकाशित मिति: मंगलबार, मंसिर ११, २०८१  ०५:५२
प्रतिक्रिया दिनुहोस्