विदेश
वाशिङटन । अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेटिक पार्टीका उम्मेदवार कमला ह्यारिसले विभिन्न ५ जना मध्येबाट एक जनालाई उपराष्ट्रपति पदको लागि उमेदवार चयन गर्ने तयारी गरेकी छन् ।
सो पार्टीको शिकागोमा अगस्टमा हुने सम्मेलनले त्यसलाई अन्तिम रुप दिनेछ ।
कमलाले अहिले पेन्सिलभानियाका गभर्नर जोश शापिरो, एरिजोनाका सिनेटर मार्क केली,केन्टकीका गभर्नर एन्डी बेशियर,मिनेसोटाका गभर्नर टिम वाल्ज र अहिलेका यातायात मन्त्री पेटे बटीगिगमध्ये एक जनालाई सो पदमा उम्मेदवार छान्ने बताइएको बीबीसीले जनाएको छ ।
प्रकाशित मिति: बुधबार, साउन १६, २०८१ ०९:२२
प्रतिक्रिया दिनुहोस्