site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
लिथुआनियामा कार्गो विमान दुर्घटना हुँदा एकजनाको मृत्यु
तस्बिर : एपी ।

भिल्नियस (लिथुआनिया) । जर्मनीबाट लिथुआनियातर्फ उडेको डीएचएल कार्गो विमान सोमबार राजधानी भिल्नियसको विमानस्थलनजिकै दुर्घटना हुँदा एकजनाको मृत्यु भएको अग्निनियन्त्रकहरूले बताएका छन् ।

विमान भिल्नियस विमानस्थलमा अवतरण गर्ने क्रममा केही किलोमिटर टाढा दुर्घटनाग्रस्त भएको अग्निनियन्त्रक तथा आपत्कालीन सेवा इकाइका प्रमुख रेनाटास पोजेलाले बताए । दुर्घटनामा चालक दलका एकजनाको मृत्यु भएको उनले जानकारी दिए ।

उनका अनुसार, दुर्घटनाका क्रममा एउटा घरमा आगलागी समेत भएको थियो ।

राष्ट्रिय संकट व्यवस्थापन केन्द्रका प्रमुख विल्मान्टास भिटकाउस्कसले उक्त घरभित्र रहेका सबैलाई उद्धार गरी बाहिर निकालिएको बताए ।

डीएचएलका अधिकारी आउसरा रुटकाउस्किनले दुर्घटनाग्रस्त विमान आफ्नै कम्पनीको रहेको पुष्टि गरेका छन् । रासस/एएफपी

प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १४:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro