site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
एमएडब्ल्यूले दीपल ईभीको मोटरपावर किलोवाटमा घटायो, पीएसमा बिर्सियो ?
SkywellSkywell

काठमाडौं । नेपालमा विद्युतीय गाडी (ईभी) भित्र्याउनेहरुले गाडीको मोटर पावर कम देखाएर भन्सार छली गर्ने गरेको आरोप लागेको छ ।

यस विषयमा भन्सार विभागले गत महिना नै सबै भन्सार कार्यालयहरुलाई विशेष निगरानी राख्न पत्राचार गरेको थियो । नेपालमा पछिल्लो समय भित्रिएको विद्युतीय गाडी ब्रान्ड दीपललाई समेत यस्तो आरोप लागेको छ ।

एमएडब्ल्यू वृद्धि अटोकर्पले चांगनको ईभी दीपल एस०७ नेपाल भित्र्याएको हो । यो गाडीको मोटरको पिक पावरबाहेक अन्य सबैजसो फिचर विदेशमा रहेका भेरियन्टसँग मिल्दा नेपालमा आयात गर्दामात्रै कम मोटरपावर देखाएको आरोप लागेको हो ।

Dabur Nepal
NIC Asia

थाइल्यान्डमा सार्वजनिक दीपल एस०७ र नेपालमा सार्वजनिक दीपल एस०७ को स्पेसिफिकेसन हेर्दा मोटरको पिकपावरबाहेक सबै कुरा समान छ । दुवै देशमा रहेका गाडीमा रहेको मोटरको किसिम एउटै छ ।  

टर्क ३२० एनएम, रेन्ज अधिकतम ४८५ किलोमिटर, ६६.८ किलोवाटआवरको ब्याट्री, डीसी चार्जिङको अवधि, डाइमेन्सनदेखि सबै फिचर समान छन् ।

deepalo7-1721109392.jpg
 

यसबाहेक थाइल्यान्ड र नेपालमा सार्वजनिक दीपल एस०७ को च्यासिस सिस्टम, एक्सटेरियर, इन्टेरियर, एसी सिस्टम, इन्टेलिजेन्ट ड्राइभर असिस्टेन्स सिस्टम, इन्टेलिजेन्ट क्याबिन र सुरक्षा फिचरसमेत समान छन् ।

यो गाडीको मोटर पावर थाइल्यान्डमा १९० किलोवाट उल्लेख छ भने नेपालमा ९९ किलोवाट भनिएको छ ।

यो सबै समान विवरण बैंकक अटो शोमा सार्वजनिक भएको दीपल एस०७ बारे लेखिएका त्यहाँका समाचार माध्यमहरुमा पनि उल्लेख छ ।

कम्पनी आफैले लेखेको छ १९० किलोवाट

रोचक कुरा भने चांगन नेपाल वा एमएडब्ल्यू अटोवृद्धिले आफ्नो वेबसाइटमा मोटरपावरको किलोवाट युनिट ९९ राखे पनि पीएस युनिट भने थाइल्यान्डमै भए बराबर राखेको छ ।

पीएस भनेको मेट्रिक हर्स पावरमा मापन हुने मोटरको क्षमता प्रणाली हो । यो खासगरी  युरोपमा प्रयोग हुन्छ । एक किलोवाट बराबर करिब १.३६ पीएस हुन्छ । यसको अर्थ ९९ किलोवाट बराबर करिब १३४ पीएस हुन जान्छ ।

कम्पनीले किलोवाटमा ९९ किलोवाट लेखेपनि पीएस भने २५८ नै उल्लेख गरेको छ । स्मरण रहोस् १९० किलोवाट बराबर २५८ पीएस हुन्छ ।  जुन थाइल्यान्डमा रहेको गाडीको स्पेसिफिकेसनसँग पनि मिल्छ ।

यसो हुँदा नेपालमा रहेको दीपलको गाडीको मोटरपावर १९० किलोवाट नै रहेको तर, कम्पनीले कम राजस्व तिर्नुपर्ने हुँदा ९९ किलोवाट भनेको हुनसक्ने देखिएको राजश्व अनुसन्धान विभागका एक अधिकारीको आशंका छ ।
अर्कातरि कम्पनीले किलोवाटमा ९९ लेखेर पीएसमा १३४ लेख्न भुलेको हुनसक्ने देखिन्छ ।

तर, अन्य सबै कुराहरु थाइल्यान्डमा रहेको १९० किलोवाट क्षमताको गाडीसँग मिल्नु र नेपालमा रहेको दीपलले पीएस युनिटमा मोटरको क्षमता १९० किलोवाट (२५८ पीएस) नै राख्नुले यो गाडीको मोटरपावर बढी हुनसक्ने देखिन्छ ।

क्षमता नाप्ने उपकरण छैन

नेपालमा गाडी भित्रिँदा आयातकर्ताले भने अनुसार नै जाँचपास हुने गरेको भन्सार विभागले जनाएको छ ।

विभागका सूचना अधिकारी पुण्य विक्रम खड्काले गाडीको क्षमता चेकजाँच गर्ने उपकरण वा प्रणाली भन्सार कार्यालयहरुसँग नरहेको बताए । कानुनीरुपमा समेत यो अधिकार भन्सार विभागलाई नदिइएको उनको भनाइ छ ।

“भन्सार कार्यालयहरुले जाँचपास गर्ने हो । कुन क्षमताका, कस्ता गाडी आयात भइरहेका छन्, तिनीहरुको क्षमता र स्ट्यान्डर्ड के कस्तो छ भनेर जाँच्ने अधिकार कानुनीरुपमा पनि भन्सारसँग छैन र उपकरण पनि छैनन्,” विभागका सूचना अधिकारी खड्काले भने ।

deepal1-1721109391.jpg
 

सरकारले नियमन, अनुगमन र निगरानी गर्न सक्दा यसरी ईभी गाडीहरुमा भन्सार छली भइरहेका हुनसक्ने आशंका विभागको छ । विभागको अनुगमन शाखाले रसुवा भन्सार कार्यालय र सिन्धुपाल्चोकको तातोपानी भन्सार कार्यालयलाई ईभीको जाँचपास गर्दा उच्च सतर्कता अपनाउन निर्देशन दिएको थियो ।

“उत्पादक कम्पनीको आधिकारिक वेबसाइटमा उल्लेखित मोटरको क्षमता÷पिक पावर समेतका कागजात अनिवार्यरुपमा जाँच गरी उच्च सतर्कताका साथ जाँचपास,” गर्न विभागका महानिर्देशक ढुण्डीप्रसाद निरौलाले जारी गरेको निर्देशनपत्रमा उल्लेख छ ।

कसरी हुन्छ भन्सार छली ?

आर्थिक विधेयक २०८१ मार्फत् सरकारले ५० देखि १०० किलोवाटसम्मका विद्युतीय गाडीमा भन्सार शुल्क २० प्रतिशत र अन्तःशुल्क १५ प्रतिशत गरी ३५ प्रतिशत लगाएको छ ।

१०० देखि २०० किलोवाटसम्मको विद्युतीय गाडीमा ३० प्रतिशत भन्सार र २० प्रतिशत अन्तःशुल्क गरी ५० प्रतिशत कर छ । ९९ किलोवाटको मोटर क्षमता देखाउँदा आयातकर्ताले ३५ प्रतिशतमात्रै कर तिर्नुपर्ने हुन्छ । 

त्यसैकारण बढी क्षमताको गाडीलाई कम देखाएर आयात भइरहेको आशंका विभागले गरेको छ ।

तस्बिर : चांगन नेपालको वेबसाइटबाट
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, साउन १, २०८१  ११:४२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu