site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पर्यटकका निम्ति सहज बन्दै उपल्लो मुस्ताङ
मुस्ताङको लोमान्थाङ गाउँपालिका–१, छोसेरस्थित झोङ गुफा । पहाडमा रहेको ६ तले झोङ गुफामा ५० भन्दा बढी कोठा छन् । परापूर्वकालमा यो गुफाभित्र मानव बस्ती रहेको इतिहास छ । तस्बिर : सन्तोष गौतम/रासस ।

म्याग्दी । पर्यटकको सहजताका निम्ति उपल्लो मुस्ताङका पदमार्गमा साइन पोस्टिङ र पर्यटकीयस्थलमा सूचनापाटी तथा होर्डिङ बोर्ड राखिएको छ । लोमान्थाङस्थित अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्पाप) इलाका संरक्षण कार्यालयले पदमार्ग पहिचान गर्न सहयोग पुग्ने साइन पोस्टिङ, पर्यटकीय, धार्मिक, ऐतिहासिकस्थलको महत्त्वका विषयमा जानकारीमूलक सूचनापाटी तथा वन्यजन्तुको संरक्षणबारे सन्देशमूलक होडिङबोर्ड राखेको हो ।

एक्याप लोमान्थाङका रेन्जर मदन पौडेलले बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका छुसाङ, लो–घेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिकाका ४८ स्थानमा साइन पोस्टिङ, सूचनापाटी र होडिङ बोर्ड राखिएको जानकारी दिए । “पर्यटकहरूले संकेत चिह्न हेरेर आफ्नो गन्तव्य पहिचान गरेर यात्रा गर्न सहज होस्, नहराउन र दुःख नपाउन भनेर साइन पोस्टिङ राखिएको हो,” उनले भने, “गुफा, ताल, गुम्बा, दरबारलगायत ऐतिहासिक, प्राकृतिक, धार्मिक र पर्यटकीयस्थलको महत्त्व र विशेषता बुझ्नका लागि नक्सासहितको सूचनापाटी राखेका छौँ ।”

स्थानीयस्तरमा पाइने दुर्लभ वन्यजन्तुको संरक्षण, मानव र वन्यजन्तुुको द्वन्द्व न्यूनीकरण गराउन सावधानी अपनाउन सन्देश प्रवाह गराउने र पर्यटकलाई जानकारी गराउने उद्देश्यले हिउँचितुवा, रातो भालु, तिब्बती अर्गेलीलगायत जनावरका बारेमा होडिङ बोर्ड राखिएको छ ।

Dabur Nepal
NIC Asia

अग्ला, नांगा र उजाड पहाड पार गरेर छरिएका मानव बस्ती तथा पर्यटकीय, धार्मिक र प्राकृतिकस्थल जाने क्रममा पर्यटकले बाटो बिराएर भनेको भन्दा अन्यत्र पुग्ने, घुमाउरो बाटो हिँड्नुपर्ने र दुःख पाउने समस्या न्यूनीकरणका निम्ति सडक र पदमार्गछेउछाउमा रेन्जिङ पोल र साइन पोस्टिङ राखिएको एक्यापका प्रमुख प्रमोदराज रेग्मीले बताए ।

उपल्लो मुस्ताङको दामोदरकुण्ड पुगेर फर्किएका म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ का गणेश गुरुङ (सुरेन)ले उचाइ, गन्तव्यमा पुग्न लाग्ने दूरी, समय र त्यहाँको विशेषता उल्लेख भएको सूचनापाटी तथा साइन पोस्टिङले सहज बनाएको बताए । अझै धेरै ठाउँमा साइन पोस्टिङ, सूचनापाटी र होडिङ बोर्ड राखिनुपर्ने उनले उल्लेख गरे ।

अन्नपूूर्ण संरक्षण क्षेत्र (एक्याप)मा समेटिएको उपल्लो मुस्ताङमा माटोको पर्खालभित्र रहेको लोमान्थाङ बस्ती, हरेक गाउँका ऐतिहासिक दरबार, गुम्बा, गुफा, दामोदरकुण्डलगायत थुप्रै पर्यटकीय र धार्मिकस्थल छन् । मौलिक संस्कृति, रहनसहन, जीवनशैली र पृथक् भूगोल पनि यहाँका आकर्षण हुन् । 

सन् २०२३ मा तीन हजार ४८४ जना विदेशी पर्यटकले उपल्लो मुस्ताङ भ्रमण गरेका थिए । विदेशीको तुलनामा पछिल्लो समय उपल्लो मुस्ताङमा आन्तरिक पर्यटकको आगमन बढेको छ ।

अर्धनिषेधित क्षेत्र घोषित लोमान्थाङ, लो–घेकर दामोदरकुण्ड गाउँपालिकाको पूरै र वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–३ मा पर्ने उपल्लो मुस्ताङ भ्रमण गर्न विदेशी पर्यटकले १० दिनका निम्ति ५०० अमेरिकी डलर शुल्क तिर्नुपर्छ । १० दिनभन्दा बढी भ्रमण गर्न प्रतिदिन ५० डलरका दरले शुल्क तिर्नुपर्ने नियम छ ।

बढी शुल्क तिर्नुपर्ने हुुँदा पर्यटक आगमन अपेक्षित रूपमा बढ्न नसक्दा स्थानीयको जनजीवन तथा आर्थिक गतिविधि प्रभावित भएकाले निषेधित क्षेत्र हटाउन माग गरिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टासीनर्बु गुरुङले बताए । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १६:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
SubisuSubisu
Hamro patroHamro patro