site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
आहारपूरक खाद्यसामग्रीको व्यवस्थित बजारीकरण गर्न विभाग र एनएनसीएबीच सहकार्य 

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग र नेपाल आहारपूरक सौन्दर्यवद्र्धक संघ (एनएनसीए)बीच खाद्यसामग्री व्यवस्थित रूपमा नागरिकसामु पुर्‍याउन सहयोगी भूमिका खेल्ने विषयमा सहमति जुटेको छ ।

विभागका नवनियुक्त महानिर्देशक सञ्जीवकुमार कर्णले एनएनसीएका प्रतिनिधिबाट बधाई ग्रहण गर्दै आहारपूरक खाद्यसामग्रीको बिक्री–वितरणमा सहयोगी भूमिका खेल्ने प्रतिबद्धता जनाए । उनले खाद्य सुरक्षा ऐन लागु भइसकेको अवस्थामा बजारमा देखिएको समस्या समाधान हुने विश्वास व्यक्त गरे ।

Dabur Nepal
NIC Asia

उनले भिटामिन, आइनजस्ता आहारपूरक सामग्रीको बिक्री–वितरणमा देखिएका समस्या समाधानका निम्ति अरू सरकारी निकायसँग पनि समन्वय गर्ने एनएनसीएका प्रतिनिधिसँग प्रतिबद्धता जनाए ।

ऐन बनाउने क्रममा समेट्नुपर्ने विषय र व्यवसायलाई सुरक्षित, मर्यादित, अनुशासित र बिरामीकेन्द्रित बनाउन विभागले एनएनसीएसँग निरन्तर छलफल पनि गर्ने भएको छ । बजार अनुगमन बढाएर गलत ढंगबाट व्यापार गर्नेलाई कारबाही गर्ने विभागले जनाएको छ ।

एनएनसीएका अध्यक्ष विप्लव रञ्जितले गुणस्तरीय आहारपूरक वस्तुको आयात गर्ने व्यवसायीको धर्म भएको भन्दै त्यसतर्फ आफूहरू चनाखो रहेको बताए ।

एनएनसीएका महासचिव सुरज पौडेलले व्यवसायीका समस्या समाधानमा गम्भीर बन्न विभागका महानिर्देशक कर्णको ध्यानाकर्षण गराए ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १९:२६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro