site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
विम्बल्डन–२०२४ : महिला एकलतर्फको उपाधि क्रेजिकोभालाई 
SkywellSkywell

काठमाडौं । वर्षको तेस्रो ग्रान्डस्लाम विम्बल्डनको उपाधि बार्बोरा क्रेजिकोभाले जितेकी छन् । सन् २०२१ की फ्रेन्च ओपन च्याम्पियन क्रेजिकोभाले फाइनलमा जास्मिन पाओलिनीलाई तीन सेटमा हराउँदै विम्बल्डनको उपाधि जितेकी हुन् । 

क्रेजिकोभाले पहिलो सेट ६–२ ले जितेकी थिइन् । दोस्रो सेट ६–२ ले नै गुमाइन् । तर, अन्तिम सेटमा ६–४ को विजयपछि क्रेजिकोभाले पहिलोपटक विम्बल्डनको उपाधि जितिन् ।

Dabur Nepal
NIC Asia

२८ वर्षीया क्रेजिकोभाले जितपछि आफ्नो पूर्वसहकर्मी तथा प्रशिक्षक जाना नोभात्नालाई सम्झिइन् । सन् १९९८ को विम्बल्डन च्याम्पियन नोभात्नाको सन् २०१७ मा क्यान्सरका कारण निधन भएको थियो ।

“ममा क्षमता छ र एक दिन पक्कै पनि प्रो बन्नेछु भन्ने विश्वास दिलाउनेमध्ये एक थिइन् जाना । निधन हुनुभन्दा अघि उनले मलाई एउटा ग्रान्डस्लामको उपाधि जित्नु भनेकी थिइन्,” जितपछि क्रेजिकोभाले भनिन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असार ३०, २०८१  १४:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu