site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
शान्तिले जितिन् ‘हिमालयन तिज चेस टोर्नी’को उपाधि

काठमाडौं । हरितालिका तिजको अवसरमा हिमालयन चेस एकेडेमीद्वारा आयोजित ‘हिमालयन तिज चेस टोर्नी’को उपाधि शान्ति धिमालले जितेकी छन् । उनले प्रतियोगितामा शतप्रतिशत जित हासिल गर्दै ट्रफी कब्जा गरेकी हुन् ।

स्वीस प्रणालीको आधारमा पाँच चरणमा सञ्चालित र्‍यापिड चेसमा १६५७ रेटिङकी शान्ति पहिलो चरणमा प्रियंशा प्रधान, त्यसपछि इशा कोइराला पौडेल, अनैया सैंजु, निहाना श्रेष्ठ र एन्जल महर्जनलाई पराजित गर्दै सर्वाधिक पाँच अंकसहित च्याम्पियन भएकी हुन् । ३० वर्षीया शान्ति अर्को सातादेखि हंगेरीको बुडापेस्टमा हुने ४५औँ चेस ओलम्पियाड २०२४ खेल्ने नेपाली टिमकी खेलाडी पनि हुन् ।

दुई वर्षअघि चेन्नाईमा भएको ४४औँ ओलम्पियाडकी अनुभवी खेलाडी शान्तिले तिज चेस टोर्नीमा उपाधि होडको निर्णायक पाँचौँ चरणमा १६४६ रेटिङकी एन्जललाई पराजित गर्दै सफलता हासिल गरेकी हुन् । निहाना श्रेष्ठ चार अंकसहित उपविजेता भइन् । समान चार अंक भए पनि निहानासँग ‘बुबल्स’मा पछाडि परेपछि अनैया संजु तेस्रो भइन् । निहाना र अनैयाले एकमात्र हार शान्तिसँगको खेलमा बेहोरेकी थिइन् ।

हिमालयन चेस एकेडेमीको थापाथलीस्थित चेस हलमा आयोजित प्रतियोगितामा यू–१५ मा प्रज्ञा पन्त (४ अंक), यू–१३ मा एन्जल महर्जन (४ अंक), यू–११ मा नायुमा मगर (४ अंक), यू–९ मा प्रज्ना तुलाधर (३ अंक) र यू–७ मा चार्वी खेम्का (३.५ अंक) प्रथम भए । उनीहरू सबै हिमालयन चेस एकेडेमीका खेलाडी हुन् । ५० वर्षमाथिको भेट्रानतर्फ राधा राई २ं५ अंक बटुल्दै पहिलो भइन् ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  ०८:३४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro