site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
पुलिसको जितमा दुई खेलाडीको ह्याट्रिक

काठमाडौं । कप्तान निरु थापा र दीपा न्यौपानेको ह्याट्रिकप्रेरित नेपाल पुलिस क्लबले राष्ट्रिय महिला लिग २०२४ मा सुदूरपश्चिम प्रदेशविरुद्ध ९–० को फराकिलो जित निकालेको छ ।

शुक्रबार सातदोबाटोस्थित एन्फा खेल मैदानमा भएको खेलमा पुलिसलाई जित दिलाउन कप्तान निरु र दीपाले सम्मान तीन गोल गरे । यस्तै, पूजा राना, घिमकुमारी गुरुङ र अनुष्का शेर्पाले समान एक गोल थपे ।‌ 

पुलिसले पहिलो हाफमा तीन र दोस्रो हाफमा ६ गोल गरेको हो‌ । जारी लिगको एउटै खेलमा दुई खेलाडीले ह्याट्रिक गरेको यो पहिलोपटक हो । 

प्रतियोगितामा पुलिसको यो पहिलो जित हो । पुलिस यसअघि पहिलो खेलमा एपीएफ क्लबविरुद्ध गोलरहीत बराबरीमा रोकिएको थियो । 

यसअघि, आजै भएको पहिलो खेलमा रौतहटको चन्द्रपुर नगरपालिका र संकटा क्लबले गोलरहीत बराबरी खेल्दै अंक बाँडेका थिए । 

भदौ १६ गतेदेखि सुरु भएको प्रतियोगितामा तीन विभागीयसहित १० टोलीको सहभागिता छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, भदौ २१, २०८१  १९:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
हेलचेक्य्राइँको दोषी को ?
हेलचेक्य्राइँको दोषी को ?
Hamro patroHamro patro