site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
एन्फा महिला लिगमा एपीएफको पहिलो जित
तस्बिर : एन्फा ।

काठमाडौं । एन्फा महिला लिगअन्तर्गत शनिबार सशस्त्र प्रहरी बलको एपीएफ क्लब विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा एपीएफले अर्को विभागीय टिम त्रिभुवन आर्मी क्लबलाई २–१ ले पराजित गरेको हो ।

एपीएफकी सविता रानामगरले पहिलो हाफको इन्ज्युरी समयमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । गीता रानाले ६७औँ मिनेटमा गरेको गोलसँगै एपीएफको अग्रता दोब्बर भएको थियो ।

आर्मीका निम्ति एक मात्र गोल विमला चौधरीले ५६औँ मिनेटमा गरेकी थिइन् ।

जारी लिगमा एपीएफको यो पहिलो जित हो । पहिलो खेलमा एपीएफ नेपाल पुलिस क्लबसँग बराबरीमा रोकिएको थियो । आर्मीले भने यसअघि संकटा क्लबलाई पराजित गरेको थियो ।

अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा जारी लिगमा १० टिमको सहभागिता छ । हिमालयन टेली भ्वाइस

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  १५:२९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro