site stats
बाह्रखरी :: Baahrakhari
देश
दोलखामा वर्षा, तामाकोसीमा बाढीको सम्भावना
प्रतीकात्मक तस्बिर ।

काठमाडौं । दोलखामा शनिबार राति वर्षा भएको छ । लामाबगर वर्षामापन केन्द्रलगायत आसपास क्षेत्रमा मध्यम वर्षा मापन गरिएको जल तथा मौसम विज्ञान विभागले जानकारी गराएको छ ।

उक्त क्षेत्र भई बहने तामाकोसी नदीसहित भल्से, किमजुन, चुन्ली, चेनामलगायत खोलामा आकस्मिक बाढीको जोखिम हुनसक्छ । कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकाले सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

Argakhachi Cement Island Ad

“भदौ २२, राति ९ः५० बजे । पछिल्लो एक घण्टामा दोलखा जिल्लाको लामाबगर वर्षामापन केन्द्रलगायत आसपासका क्षेत्रमा मध्यम वर्षा मापन भएको हुँदा सो क्षेत्र भई बहने तामाकोसी नदी, भल्से खोला, किमजुन खोला, चुन्ली खोला, चेनाम खोला, रोलवालिङ कोसी खोला र अन्य स–साना खोलाहरूमा आकस्मिक बाढीको जोखिम, कमजोर तथा भिरालो जमिनमा पहिरोको जोखिम रहेकोले सतर्कता अपनाऔँ,” विभागको सूचनामा उल्लेख छ ।

dafmgm-1725726488.jpg
 

प्रकाशित मिति: शनिबार, भदौ २२, २०८१  २२:१२
प्रतिक्रिया दिनुहोस्