अर्थ व्यवसाय

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातिदेखि लागु हुने गरी मूल्य घटाइएको छ ।
पेट्रोलको मूल्य प्रतिलिटर दुई रुपैयाँले घटाइएको छ । डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर एक रुपैयाँले घटाइएको निगमले जानकारी गराएको छ ।
निगमले हवाई इन्धनको मूल्य पनि घटाएको छ । खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ ।
मूल्यसूची हेर्नोस्–
प्रकाशित मिति: शनिबार, भदौ १५, २०८१ २१:१४
प्रतिक्रिया दिनुहोस्