site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
डार्विन नुनेजको विषयमा कन्मेबोलले थाल्यो अनुसन्धान 
SkywellSkywell

काठमाडौं । दक्षिण अमेरिकी फुटबल महासंघ (कन्मेबोल)ले डार्विन नुनेज समर्थकसँग झगडा गर्न गएको विषयमा अनुसन्धान सुरु गरेको छ । बिहीबार प्रतियोगिताको दोस्रो सेमिफाइनल समाप्त भएपछि उरुग्वेका फरवार्ड डार्विन नुनेज कोलम्बियाका समर्थकसँग हातपातमा उत्रिएका थिए । कन्मेबोलले यो घटना ‘अस्वीकार्य’ भएको बताउँदै अनुसन्धान अघि बढाएको हो ।

खेल कोलम्बियाले १–० ले आफ्नो पक्षमा पारेको थियो । उरुग्वेका सञ्चारमाध्यमले कोलम्बियाका समर्थकले उरुग्वेका परिवार र साथी बसेको स्थानमा असुरक्षित गतिविधि गरेपछि खेलाडी प्रतिकारमा उत्रिएको जनाएका छन् । यता, कन्मेबोलले भने फुटबलमा हुने यस्ता गतिविधि सह्य नहुने बताएको छ ।

Dabur Nepal
NIC Asia

“समर्थकको लगाव हिंसात्मक गतिविधिमा परिणत हुनु अस्वीकार्य छ । फाइनलको पूर्वसन्ध्यामा, हामी यो विश्वव्यापी फुटबल उत्साहमा हुने यस्ता घटना सह्य नहुने चेतावनी दिन चाहन्छौँ,” कन्मेबोलले भनेको छ ।

घटनाबारे सार्वजनिक भिडियोमा खेलपछि उरुग्वेका फरवार्ड नुनेज रेलिङमार्फत समर्थक प्यारापिटतर्फ अघि बढिरहेको देखिन्छ । उरुग्वेविरुद्ध जितसहित फाइनलमा प्रवेश गरेको कोलम्बियाले भने अब उपाधिका लागि अर्जेन्टिनासँग खेल्नेछ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २८, २०८१  १४:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu