site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
ललित स्मृति एन्फा यू–१८ युथ लिगको विजेताले एक लाख रुपैयाँ पाउने
SkywellSkywell

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजनामा हुने ललित स्मृति एन्फा यू–१८ युथ लिगको विजेताले एक लाख रुपैयाँ पाउने भएको छ ।

आयोजक एन्फाले बुधबार पत्रकार सम्मेलनमार्फत प्रतियोगिताको विजेताले एक लाख रुपैयाँ पुरस्कार पाउने जनाएको हो । एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने प्रतियोगितामा १२ क्लबको सहभागिता रहने छ ।

Dabur Nepal
NIC Asia

प्रतियोगितामा एपीएफ फुटबल क्लब, चर्च ब्वाइज फुटबल क्लब, एफसी खुमलटार, मछिन्द्र क्लब, मनाङ मर्स्याङ्दी क्लब, जावलाखेल युथ क्लब, नेपाल पुलिस क्लब, न्युरोड क्लब (एनआरटी), संकटा क्लब, सातदोबाटो युथ क्लब, थ्री स्टार क्लब, त्रिभुवन आर्मी फुटबल क्लबले डबल राउन्ड रोबिन पद्धतिमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगिताको तयारीका लागि एन्फाले तीन लाख ५० हजार रुपैयाँ सहभागी हुने क्लबलाई उपलब्ध गराउने छ ।

प्रतियोगिताका खेलहरू एन्फा कम्प्लेक्स सातदोबाटोस्थित खेल मैदानमा खेलाइने छ । आवश्यक परेमा अन्य खेल मैदान प्रयोग गर्न सकिने एन्फाले जनाएको छ ।

प्रतियोगिताको उपविजेता टोलीले ५० हजार रुपैयाँ र प्रतियोगिताको उत्कृष्ट खेलाडी, उच्च गोलकर्ता र उत्कृष्ट गोलकिपरलाई समान १५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

प्रतियोगिताका लागि एन्फाले ८१ लाख ९१ हजार ८० रुपैयाँ खर्च हुने अनुमान गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार २६, २०८१  २१:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu