site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
२०२४ मा ईभीको बिक्री एक करोड पुग्ने, पेट्रोलियम गाडीको चार वर्षमा आधा घट्ने
Siddhartha BankSiddhartha Bank

काठमाडौं । सन् २०२४ मा विश्वबजारमा ब्याट्री विद्युतीय गाडी (बीईभी)को बिक्री एक करोड पुग्ने अनुमान गरिएको छ । टेक्नोलोजी मार्केट रिसर्च फर्मका काउन्टरपोइन्ट्सले यस्तो प्रक्षेपण गरेको हो ।

यात्रुवाहक ईभीको बजार बढ्दै जाँदा इन्टरनल कम्ब्स्टन इन्जिन (आईसीई) वा पेट्रोलियम गाडीको बजार भने ४ वर्षभित्र ५० प्रतिशतले घट्ने काउन्टरपोइन्ट्सको अनुमान छ ।

Agni Group
NIC Asia

ईभीको बजार बढ्दै जाँदा परम्परागत इन्जिन भएका गाडी निर्मातालाई चुनौती बढ्दै गएको छ ।

उत्पादन प्रक्रियामा आएको सुधार, ब्याट्री निर्माताबीचको रणनीतिक सहकार्य, किफायती मूल्य र बलियो आपूर्ति शृंखलाले ईभीको बजार विस्तारमा सहजता थपेको छ ।

Global Ime bank

ईभीको विश्व लिडरका रूपमा चीनको बिक्री यस वर्ष उत्तर अमेरिकाको भन्दा चार गुणाबढी हुने अनुमान गरिएको छ । सन् २०२७ सम्म ईभीको विश्वबजारमा चीनको हिस्सा ५० प्रतिशत रहने प्रक्षेपण काउन्टरपोइन्ट्सको छ ।

युरोप र अमेरिका सन् २०२५ पछि ईभीको बजार विस्तारमा गति लिने भनिएको छ । तर, सन् २०३० सम्म चीनले यी दुवैको भन्दा बढी ईभी बिक्री गर्ने अनुमान गरिएको छ ।

युरोपियन युनियनले चिनियाँ ईभीमा कर बढाउनुले त्यहाँका प्लेयरहरूलाई बजार विस्तार गर्न सहज हुने अपेक्षा गरिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार २१, २०८१  १८:४०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu