site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
अदालतले काम नरोक्न आदेश दियो, संयोजक अमेरिका लाग्दा लम्बियो प्रक्रिया
SkywellSkywell

काठमाडौं । सर्वाेच्च अदालतले धितोपत्र बोर्ड अध्यक्ष सिफारिश प्रक्रिया रद्द नगर्न अल्पकालीन आदेश दिएको छ ।  सरकारले पुरानो प्रक्रिया रद्द गरेपछि अन्तर्वार्ता र प्रस्तुतीकरणमा सहभागी सन्तोषनारायण श्रेष्ठले सर्वाेच्चमा रिट दायर गरेका थिए ।

त्यही रिटका आधारमा अल्पकालीन आदेश जारी गरेको थियो । उता सरकारले भने पुरानो प्रक्रिया रद्द गर्दै अध्यक्ष छनोट गर्न पुरानै समितिलाई निरन्तरता दिएको थियो ।

KFC Island Ad
NIC Asia

सरकार परिवर्तन हुने भएपछि नयाँ आउने सरकारले अध्यक्षको छनोट प्रक्रिया अगाडि बढाउने गरी हालको समिति निस्क्रिय छ । राष्ट्रिय योजना आयोग स्रोतका अनुसार, अध्यक्ष सिफारिस समितिका संयोजक (राष्ट्रिय योजना आयोगका उपाध्यक्ष) डा. मिनबहादुर श्रेष्ठ अमेरिका गएका छन् ।

संयोजक श्रेष्ठ साउन ४ गते मात्र स्वदेश फर्कने तालिका छ । संयोजक श्रेष्ठ नेपाल फर्कदा सरकार परिवर्तन हुने भएकाले आगामी शुक्रबारपछि बन्ने सरकारले धितोपत्र बोर्डको अध्यक्ष छनोटको प्रक्रिया अगाडि बढाउने छ ।

एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी शुक्रबार संसद्मा विश्वासको मत लिने कार्य तालिका छ ।

संसद्का दुई ठूला पार्टी नेपाली कांग्रेस र एमालेले मिलेर सरकार बनाउने भएपछि प्रधानमन्त्री अल्पमतमा छन् । तैपनि उनी विश्वासको मत लिएरै छाड्ने तयारीमा छन् । उनले संसद्मा बोलेर राजीनामा दिएमा नयाँ सरकार गठन गर्ने बाटो खुल्नेछ । त्यसपछि मात्र बोर्ड अध्यक्ष छनोट प्रक्रिया अगाडि बढ्ने बताइएको छ ।

बोर्डका अध्यक्षका लागि सर्टलिस्टमा परेका पाँच जनामध्ये सन्तोषनारायण श्रेष्ठ र मुक्तिनाथ श्रेष्ठ मात्र प्रस्तुतीकरण तथा अन्तर्वार्तामा सहभागी भएका थिए । अध्यक्ष छनोट समितिले प्रस्तुतीकरण र अन्तर्वार्तामा सहभागी दुईसहित कृष्णबहादुर कार्की, चिरञ्जिवी चापागाईं र डा. नवराज अधिकारीलाई सर्टलिस्टमा पारेको थियो ।

सरकारले गत माघ ३ गते राष्ट्रिय योजना आयोगका उपाध्यक्ष श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिश समिति गठन गरेको थियो । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १५:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro