site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
रास्वपाका मन्त्रीले छाडे मन्त्री क्वाटर 
SkywellSkywell

काठमाडौं । रास्वपाका मन्त्रीहरुले मन्त्री क्वाटर छाड्न थालेका छन् । केही मन्त्री क्वाटर छाडेर बाहिरिइसकेका छन् भने केही प्रक्रियामा रहेका छन् । युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले मन्त्री क्वाटर छाडेका छन् ।

बाह्रखरीसँग कुराकानी गर्दै उनले आजबाट विधिवत रूपमा क्वाटर छाडेको जानकारी दिए । 

KFC Island Ad
NIC Asia

उनले आफू शुक्रबारबाट मन्त्रालय पनि जान छाडेको र मन्त्रालयसँग सम्बन्धित कामबाहेकमा गाडी र सुरक्षा संयन्त्रको पनि प्रयोग नगर्ने उनले बताए ।  “आजबाट विधिवत् रुपमा मैले क्वाटर छाडेँ । शुक्रबारबाट मन्त्रालय गएको छैन । गाडी र सुरक्षा संयन्त्र पनि मन्त्रालयको काम परेमात्र प्रयोग गर्छु,” उनले भने । 

मन्त्रालय नजाँदा कसरी काम भइरहेको छ भन्ने प्रश्नमा उनले संयन्त्रले काम गरिरहेको जानकारी दिए ।  “सरकार अल्पमतमा । दीर्घकालीन असर गर्ने निर्णय गर्न पाइँदैन । दिनहुँ काम कर्मचारी संयन्त्रबाट हुन्छ,” उनले थपे, “अनिवार्य पर्‍यो भने जान्छु । नभए संयन्त्रबाट काम हुन्छ ।” 

रास्वपाका सबै मन्त्रीले छाडेको हो ? भन्ने प्रश्नमा उनले आफ्नो जानकारीमा सबैले क्वाटर छाडेको जानकारी आएको बताए ।  “विधिवत् छाड्नुभयो कि भएन मलाई थाहा भएन । तर, सबैले छाडेको भन्ने सुनेको छु । तर, मैले चाहिँ विधिवत रूपमा प्रकृया पुरा गरेर छाडेँ,” उनले भने । 

नेपाली कांग्रेस र नेकपा एमालेले नयाँ गठबन्धन बनाउने निर्णय गरेपछि राजनीतिक तरलता सिर्जना भएको छ ।  एमालेले सरकार छाडेर समर्थन फिर्ता गरेपछि सरकार स्पष्ट अल्पमतमा छ ।  जसपाले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ । 

यस्तो अवस्थामा रास्वपा मात्र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिएको छ ।  अल्पमतमा रहेका प्रचण्डले असार २८ गते विश्वासको मत लिँदैछन् । यता, एमाले चाहिँ प्रचण्डलाई राजीनामा दिन दबाब दिइरहेको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १५:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro