site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेसले भन्यो– ७६ (२) बमोजिम नै नयाँ सरकार, प्रचण्डलाई विश्वासको मत नदिने
SkywellSkywell

काठमाडौं । नेपाली कांग्रेसले नेकपा (एमाले)सँग भएको सहमतिअनुसार नेपालको संविधानको धारा ७६ (२) बमोजिम नै नयाँ सरकार बन्ने दाबी गरेको छ । शनिबार संघीय संसद् भवन नयाँ बानेश्वरमा बसेको कांग्रेस संसदीय दलको बैठकबाट यस्तो जिकिर गरिएको हो ।

अब बन्ने नयाँ सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गर्ने र दुई दलबीचको सहमति कार्यान्वयनमा दृढ रहेको निष्कर्ष निकालिएको कांग्रेस मुख्य सचेतक रमेश लेखकले जानकारी दिए ।

यस्तै, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही असार २८ गते विश्वासको मत लिने पत्र संसद् सचिवालयमा दर्ता गराएको र त्यसको विपक्षमा उभिने निर्णय गरिएको उनले बताए ।

KFC Island Ad
NIC Asia

कांग्रेस–एमालेबीचको राष्ट्रिय सरकार गठन गर्ने सहमतिको समर्थन गर्दै स्वागत गर्ने निर्णय गरिएको लेखकले जानकारी दिए ।

राष्ट्रिय हितको रक्षा, भ्रष्टाचार नियन्त्रण गर्दै सुशासन, शिथिल अर्थतन्त्रलाई क्रियाशील, संविधान कार्यान्वयनका सवालमा देखिएका सबल र कमजोर पक्षको समीक्षा गरेर आवश्यक संशोधन गर्नेतर्फ नयाँ सरकार दृढतापूर्वक लाग्ने उनले विश्वास व्यक्त गरे । हिमालयन टेली भ्वाइस

बैठकपछि सञ्चारकर्मीसित रमेश लेखकको भनाइ पढ्नोस्–
नेपाली कांग्रेस र नेकपा (एमाले)बीच यही असारको १७ गते राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर अघि बढ्ने सहमति भएको छ । आजको संसदीय दलको बैठकले नेपाली कांग्रेस र नेकपा (एमाले)बीच भएको राष्ट्रिय सहमतिको सरकार गठन गर्ने सहमतिलाई समर्थन गरेको छ र स्वागत गरेको छ ।

नेपाली कांग्रेस र नेकपा (एमाले)बीचमा राष्ट्रिय स्वार्थको रक्षा गर्नका निमित्त, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न, शिथिल भएको अर्थतन्त्रलाई क्रियाशील गर्नका निमित्त र अहिले संविधानको अभ्यास भएको आठ वर्ष भएको छ, संविधानको अभ्यासको सन्दर्भमा देखापरेका संविधानका सबल र कमजोर पक्ष र यसका जटिलताहरूको समीक्षा गरेर संविधानलाई समसामूहिक रूपले संशोधन, परिमार्जन गर्ने सवाल, संविधानको संशोधन र परिमार्जनमा संघीय लोकतान्त्रिक, गणतन्त्रात्मक शासन व्यवस्था र समावेशिताको सवाललाई थप सुदृढ गर्ने विषय र त्यसका सँगै अहिलेको सरकार जुन बन्नेवाला छ, गठन हुन्छ, राष्ट्रिय सहमतिको सरकार – त्यसमा पहिलो चरणमा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीजीले र दोस्रो चरणमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेतृत्व गर्ने जुन सहमति छ, त्यसलाई कार्यान्वयन गर्नका लागि दृढता व्यक्त गर्दछौँ ।

राष्ट्रिय सहमतिको सरकार निर्माणको जुन सहमति भएको छ, कांग्रेस र एमालेबीच – त्यो सरकार नेपालको संविधानको धारा ७६ (२) बमोजिम बन्ने सरकार हो । त्यो सरकार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीज्यूको नेतृत्वमा बन्छ । अहिले सम्माननीय प्रधानमन्त्रीज्यूले यसै असार २८ गतेका दिनमा विश्वासको मतका लागि प्रतिनिधिसभामा प्रस्तुत हुने गरी संसद् सचिवालयमा पठाउनुभएको छ, आजको बैठकले सम्माननीय प्रधानमन्त्रीज्यूले विश्वासको मतको लागि राख्नुभएको प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

अहिलेको अविरल वर्षाका कारण देशभर बाढीपहिरो, डुबानको समस्या उत्पन्न भएको छ । नागरिकको जीवन असहज भएको छ । जुन परिस्थिति उत्पन्न भएको छ, त्यसबाट नागरिकको जीवन सहज बनाउन सरकारसँग आग्रह गर्ने र यो समस्यामा आफ्नो तर्फबाट सहयोग गर्न पार्टीका सबै संस्था र भ्रातृ र शुभेच्छुक संस्थालाई जुट्न आह्वान गरेको छ । न्युज एजेन्सी नेपाल

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असार २२, २०८१  १७:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
किन नहोस् त देश बर्बाद !
किन नहोस् त देश बर्बाद !
SubisuSubisu
Hamro patroHamro patro