site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
डिजिटल भुक्तानीलाई प्रबन्धन गर्न सेवा प्रदायक कम्पनीहरूबीच सहकार्य

काठमाडौं । नेपालको भुक्तानी तथा वित्तीय प्रणालीमा नयाँ आयाम ल्याउने उद्देश्यले देशका चार अग्रणी भुक्तानी सेवा प्रदायक कम्पनीहरूबीच सहकार्य सम्झौता भएको छ । चार सेवा प्रदायक इसेवा, खल्ती, आइएमई पे तथा प्रभु पे ले ‘केवाईसी जरुरी छ’ साझा अभियानको थालनी गरेका हुन् । 

सम्पूर्ण नेपालीमाझ सरल डिजिटल भुक्तानी तथा सहज वित्तीय सेवाहरूको पहुँच पुर्‍याएर नेपाललाई डिजिटल रूपान्तरण गर्न यो अभियानले अत्यन्तै ठूलो भूमिका खेल्नेछ । नेपाल राष्ट्र बैंकको निर्देशनअनुसार डिजिटल वालेट प्रयोगकर्ताहरूले डिजिटल कारोबार गर्नको लागि केवाईसी प्रमाणीकरण अनिवार्य रहेकाले जनमानसमा केवाईसीको महत्त्वबारे सचेतना फैल्याउन यो अत्यन्तै आवश्यक कदम भएको बताइएको छ ।

Dabur Nepal
NIC Asia

डिजिटल वालेट प्रयोगकर्ताहरूको पहिचान प्रमाणीकरण गर्ने एक अत्यावश्यक प्रक्रिया हो । कालो धन शुद्धीकरण, अनलाइन ठगी, क्रिप्टो माइनिंग तथा अनलाइन बेटिंग जस्ता आपराधिक क्रियाकलापमा डिजिटल वालेटको दुरुपयोग रोक्नका लागि अनिवार्य रहेको छ ।

आर्थिक वर्ष २०८१/०८२ को सुरुआतदेखि सबै डिजिटल प्रयोगकर्ताहरूले आफ्नो केवाईसी प्रमाणीकरण अनिवार्य रूपमा गर्नु पर्ने नियम नेपाल राष्ट्र बैंकको छ । केवाईसी प्रमाणीकरण नभएका डिजिटल वालेटहरूको सञ्चालनको रोकिनुका साथै प्रयोगकर्ताहरूको वालेटमा भएको रकम फ्रिज हुनेछ । त्यसपश्चात मात्र डिजिटल खाता पूर्ण रूपमा सञ्चालनमा आउने जनाइएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असार २४, २०८१  १९:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro