site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
युरो २०२४ : स्पेनको प्रतिद्वन्द्वी जर्मनी, फ्रान्सलाई पोर्चुगलको चुनौती
Siddhartha BankSiddhartha Bank

काठमाडौं । प्रि–क्वार्टरफाइनलको अन्तिम खेलमा कप्तान क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमा गोल गर्न असफल रहे पनि पोर्चुगलले स्लोभेनियालाई टाइब्रेकरमा हराउँदै अन्तिम–८ मा स्थान निश्चित ग¥यो । 

स्लोभेनियाविरुद्ध निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको १०५औँ मिनेटमा पोर्चुगलले पेनाल्टी अवसर पाए पनि रोनाल्डोको प्रहार स्लोभेनियाका गोलकिपरले विफल बनाएका थिए । खेलको निर्धारित र अतिरिक्त समय गोलरहित बराबरीमा समाप्त हुँदा टाइब्रकेरमा पोर्चुगलले ३–० को जितसहित क्वार्टरफाइनल यात्रा सुनिश्चित गरेको हो । योसँगै प्रतियोगिताको क्वार्टरफाइनलमा प्रतिस्पर्धा गर्ने आठ वटै टिमको टुंगो लागेको छ ।

Agni Group
NIC Asia

प्रतियोगिताको १७औँ संस्करणमा स्पेन, स्वीट्जरल्यान्ड, जर्मनी, टर्कीया, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, पोर्चुगल र फ्रान्स क्वार्टरफाइनल यात्रा तय गर्न सफल रहे । प्रतियोगिताको क्वार्टरफाइनल खेलहरू जुलाई ५ देखि सुरु हुनेछन् ।

प्रतियोगिताको क्वार्टरफाइनलमा यसपटक जर्मनीविरुद्ध स्पेन र फ्रान्सविरुद्ध पोर्चुगल सबैभन्दा प्रतिक्षित खेल बनेको छ । प्रतियोगिताको क्वार्टरफाइनल खेलमा साविक उपविजेता इंग्ल्यान्डले स्वीट्जरल्यान्डविरुद्ध खेल्नेछ । इंग्ल्यान्डले अन्ति–१६ को खेलमा स्लोभाकियाको चुनौती २–१ ले पन्छाएको थियो । यता, स्वीट्जरल्यान्डले भने प्रि–क्वार्टरफाइनलमा साविक विजेता इटालीको चुनौती २–० ले पन्छाउँदै सनसनी मच्चाएको थियो ।

Global Ime bank

सेमिफाइनल प्रवेशका लागि नेदरल्यान्ड्सले टर्कीयालाई प्रतिद्वन्द्वीको रूपमा पाएको छ । प्रतियोगिताको प्रि–क्वार्टरफाइनलमा नेदरल्यान्ड्सले रोमानियाविरुद्ध ३–० को सहज जित निकालेको थियो । टर्कीयाले अस्ट्रियाविरुद्ध २–१ को जित हासिल गरेको थियो ।

यस्तै, सेमिफाइनल प्रवेशका लागि घरेलु टिम जर्मनीले सन् २००८ र २०१२ मा लगातार च्याम्पियन बनेको स्पेनविरुद्ध प्रतिस्पर्धा गर्नेछ । अन्तिम–१६ को खेलमा स्पेनले जर्जियाविरुद्ध ४–१ को सहज जित निकालेको थियो । जर्मनीले भने डेनमार्कविरुद्ध २–० को जित निकालेको थियो । यी दुई टिमबीचको खेल जुलाई ५ मा हुनेछ । 

जुलाई ६ मा फ्रान्ससामु पोर्चुगलले चुनौती प्रस्तुत गर्नेछ । रुस विश्वकप–२०१८ को विजेता र कतार विश्वकप–२०२२ को उपविजेता फ्रान्सले प्रि–क्वार्टरफाइनलमा बेल्जियमविरुद्ध १–० को जित निकालेको थियो । पोर्चुगलले स्लोभेनियाविरुद्ध पेनाल्टी सुटआउटमा जित निकालेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असार १९, २०८१  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
SubisuSubisu