site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अजरबैजानी राष्ट्रपतिद्वारा तत्काल संसदीय निर्वाचन आह्वान
Siddhartha BankSiddhartha Bank

बाकु । अजरबैजानी राष्ट्रपति इल्हाम अलियेभले शुक्रबार आगामी सेप्टेम्बरका लागि संसदीय निर्वाचन आह्वान गरेका छन् । यस वर्षको अन्त्यमा बाकुमा आयोजना हुन लागेको कोप–२९ जलवायु सम्मेलनसँगै घोषणा गरिएको चुनावलाई राष्ट्रपति अलियेभको बाहना भएको टिप्पणी गरिएको छ ।

सांसदहरूले गत हप्ता अलियेभलाई व्यवस्थापिका संसद् विघटन गर्न र चुनावबाट पन्छिन कोप–२९ कै समयमा चुनाव घोषणा गर्न सुझाव दिएका थिए । कोप–२९ आगामी नोभेम्बर ११–२२ सम्म सञ्चालन हुने कार्यतालिका छ ।

Prabhu Bank
Agni Group
NIC Asia

अलियेभले आफ्नो ‘येनी नयाँ अजरबैजान पार्टी’को वर्चस्व रहेको संसद् विघटनको घोषणा गरिसकेका छन् । “गणतन्त्र अजरबैजान ‘मिलि मजलिस’को प्रारम्भिक चुनाव आगामी सेप्टेम्बर १ मा हुनेछ”, संसद् विघटनपछिको आदेशमा भनिएको छ । चुनावले अलियेभको पकड विस्तार गर्ने अपेक्षा गरिएको छ ।

अलियेभको दुई दशकको शासनमा अजरबैजानमा भएका कुनै पनि निर्वाचनलाई अन्तर्राष्ट्रिय पर्यवेक्षकहरूले स्वतन्त्र र निष्पक्ष रूपमा मान्यता दिएका छैनन् ।

Global Ime bank

आफ्ना बुबा अजरबैजानका सोभियत युगका कम्युनिष्ट नेता र केजीबीका पूर्वजनरल हेदर अलियेभको मृत्युपछि सन् २००३ मा पहिलो पटक निर्वाचित भएदेखि ६२ वर्षीय अलियेभ निरन्तर शासन सञ्चालन गरिरहेका छन् ।  

तीन दशकसम्म आर्मेनियाली जनसंख्या भएको नागोर्नो–काराबाख क्षेत्रलाई नियन्त्रण गर्ने आर्मेनियाली पृथकतावादी सेनामाथि अजरबैजानको सैन्य विजयका कारण उनको लोकप्रियता कम भएको थियो । रासस/एएफपी

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  २२:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय