site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबीचको जनमतसंग्रह : प्रचण्ड 

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आसन्न उपनिर्वाचन भ्रष्टाचारको पक्ष र विपक्षबीचको जनमतसंग्रह भएको बताएका छन् । बिहीबार कीर्तिपुरमा आयोजित चुनावीसभामा उनले न्यायको पक्षमा कीर्तिपुरवासीले फैसला गर्ने बताए ।

“जनता भ्रष्टाचारको पक्षमा छन् या भ्रष्टाचारका विरुद्ध छन् भन्ने फैसला गर्ने सर्वोच्च अदालत हो । मलाई विश्वास छ, नेपाली जनता भ्रष्टाचारका पक्षमा हुन सक्दैनन्, भ्रष्टाचारका विरुद्ध छन्,” उनले भने, “जनता सुशासन, सामाजिक न्याय, आर्थिक समृद्धिका पक्षमा छन् । हेर्दा उपचुनाव भए पनि यथार्थमा भ्रष्टाचारका पक्ष र विपक्षको जनतमसंग्रहजस्तै हो ।”

उनले माओवादीका तर्फबाट कीर्तिपुर नगरपालिकाको मेयर पदका उमेदवार रहेका शिवशरण महर्जन काममा विश्वास गर्ने व्यक्ति भएको बताए । भ्रष्टाचारमुक्त, नमुना कीर्तिपुर बनाउने महर्जनको प्रतिबद्धतामा पार्टीले हस्तक्षेप नगर्ने उनले उल्लेख गरे ।

उनले आफू सरकारमा हुँदा भ्रष्टारचारविरुद्धको अभियान सञ्चालन गर्ने क्रममा ठूलाहरूलाई कानुनीमा दायरामा ल्याएको बताए । वर्तमान सरकार गैरकानुनी र अप्राकृतिक भएको प्रचण्डको भनाइ छ ।

कीर्तिपुरसहितका स्थानीय तहका रिक्त पदका निम्ति यही मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १६:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro