नया दिल्ली । भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलको टर्मिनलको एक छत खस्दा एक जनाको मृत्यु भएको छ । अन्य पाँच जना घाइते भएका छन् ।
गाडी र ट्याक्सीमाथि छत खसेको र केही मानिस परेको जनाइएको थियो । मृतक एक जना ड्राइभर भएको बताइएको छ ।
सरकारले मृतकका परिवारलाई २० लाख र घाइतेका परिवारलाई तीन लाख भारु दिने घोषणा गरेको छ । नागरिक उडडयन मन्त्री राममोहन नायडुले घटनास्थालको निरीक्षणपछि सहयोगको घोषणा गरेका हुन् ।
दिल्लीको इन्टरनेसनल एयरपोर्ट लिमिटेडका प्रवक्ताले तीव्र वर्षाका कारण बिहान ५ बजे टर्मिनल १ को पुरानो डिपार्चरको बाहिरको छतको हिस्सा खसेको जनाएका छन् । उनका अनुसार घटनाका कारण टर्मिनल १ का सबै उडान अस्थायीरूपमा रोकिएको थियो ।
बीबीसीबाट ।