site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
कांग्रेस कोसीले केचनाबाट सगरमाथासम्म जनजागरण अभियान चलाउने

विराटनगर । नेपाली कांग्रेस कोसी प्रदेश समितिको पहिलो सम्मेलन आउँदो मंसिर २२ गते विराटनगरमा हुने भएको छ । सम्मेलनको उद्घाटन पार्टी सभापति शेरबहादुर देउवाले गर्नेछन् ।

सम्मेलनको तयारीका सम्बन्धमा जानकारी दिन बिहीबार विराटनगरमा आयोजित भेटघाट कार्यक्रममा तयारी स्वरुप आठवटा उपसमिति गठन भएको सभापति उद्धव थापाले जानकारी दिए । 

Dabur Nepal
NIC Asia

कांग्रेसको प्रदेशस्तरीय संगठनलाई क्रियाशील, सुदृढ, चलायमान र थप जिम्मेवार बनाउनका लागि प्रदेश कार्य समितिले विभिन्न अभियान सञ्चालन गर्दे आएको थापाले बताए । राजनीति, आर्थिक र सांगठनिक प्रतिवेदन पारित भएअनुसार नै अबको कार्यदिशा लिएर अघि बढ्ने उनले बताए ।

कांग्रेसले पुस १६ राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भ पारेर झापाको केचनाबाट सगरमाथासम्म जनजागरण अभियान सञ्चालन गर्ने घोषणा समेत गरेको छ । थापाले भने, “रोजगारी, कृषि, रहनसहनसँग जोडिएर अध्ययन गर्ने तयारी हो ।”  

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १६:२७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
CAN Banner adCAN Banner ad
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro