site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
वाइडेन र ट्रम्पको पहिलो डिबेट सुरु, कस्तो हुनेछ नियम ?
फाइल तस्बिर ।
Siddhartha BankSiddhartha Bank

काठमाडौं । अमेरिकाका वर्तमान राष्ट्रपति जो वाइडेन र पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको पहिलो डिबेट सीएनएनमा सुरु भएको छ । उनीहरू दुईमध्ये एकले यसपटक राष्ट्रपति पदमा जित्ने निश्चित छ । 

५ नोभेम्बरमा हुने चुनावअघि हुने दुईवटा डिबेटमध्ये यो पहिलो हो  ।

कहाँ र कहिले हुँदै छ डिबेट ?
एटलान्टा जर्जियाबाट यो सीएनएनमार्फत लाइभ हुँदै छ । उक्त कार्यक्रममा सीएनएन इन्टरनेसनल, सीएनएन एन इस्पानोल, सीएनएन म्याक्स र सीएनएन वेवसाइटबाट पनि प्रसारण गरिने जनाइएको छ । त्यसलाई बीबीसीले पनि कभरेज गर्ने र विश्लेषण लाइभ ब्लगमा ट्युन गर्न बीबीसीले आग्रह गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

नियम के–के छन् ?
उक्त डिबेटको भेट्रान सीएनएन एंकर जेक टप्पर र डाना बासले मोडरेट गर्दैछन् । उक्त नेटवर्कका अनुसार डिबेट ९० मिनेटसम्म चल्नेछ । दुईवटा कमर्सियल ब्रेक हुनेछन् । 

दुई उमेदवारको बिहीबार पोडियम प्लेसमेन्ट र क्लोजिङ स्टेटमेन्टका लागि नेपालको शैलीमा गाई कि त्रिशूल शैलीमा सिक्का उफार्ने काम भइसकेको छ । 

Global Ime bank

जसअनुसार बाइडेन स्क्रिनको दायाँ साइडमा हुनेछन् । बाइडेनको  वायाँतर्फ ट्रम्प हुनेछन् । अन्तिम वक्ता ट्रम्प हुनेछन् । अर्थात् क्लोजिङ स्टेटमेन्ट पहिला बाइडेनले दिनेछन् ।

दुवै उमेदवार डिबेटमा उभिनेछन् । बाइडेनले बस्नका लागि अनुरोध गरेको भन्ने रिपोर्ट गलत भएको उनको क्याम्पेन सम्बद्धहरूले बताएका छन् । उक्त  इभेन्टका क्रममा क्याम्पेनका स्टाफले कुरा गर्न पाउने छैनन् । ब्रेकको समयमा समेत उक्त अनुमति नभएको बताइएको छ ।

12344-1719543307.jpg
 

दुवैलाई एक/एकवटा कलम, पेपरको एउटा प्याड र एक बोतल पानी दिइनेछ । तर, कुनै सामग्री वा पूर्वलिखित नोट स्टेजमा लैजान अनुमति छैन ।

पहिलाको जस्तै उनीहरूको माइक्रोफोन बोल्न आवश्यक परेको बेलामाबाहेक म्युट गरिनेछ । स्टुडियो अडियन्स पनि हुने छैनन् । सीएनएनले समय तोकेर सभ्य छलफल गराउनेछ । 

सन् १९६० पछि पहिलोपटक यसपटक डिबेट चुनावको मितिभन्दा धेरै अगाडि हुन लागेको हो । (एजेन्सीहरू)

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०७:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय