site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
अरुन्धतीलाई २०२४ को पेन पिन्टर प्राइज
SkywellSkywell

नयाँ दिल्ली । भारतकी चर्चित लेखक अरुन्धती रायलाई सन् २०२४ को पेन पिन्टर प्राइज दिइने भएको छ । उनले उक्त पुरस्कार पाउने  घोषणाले आफूलाई खुसी लागेको बताएकी छन् । 

सन् २००९ देखि उक्त प्राइज नोबेल पुरस्कार विजेता तथा प्ले राइटर हेरोल्ड पिन्टरको सम्झनामा दिने गरिएको छ । उक्त पुरस्कार १० अक्टोबर २०२४मा रायलाई दिइनेछ । 

KFC Island Ad
NIC Asia

यो पुरस्कार हरेक वर्ष बेलायत र कमनवेल्थ देशबाट प्रतिनिधित्व गर्ने   लेखकलाई दिने गरिएको छ । विश्वभरी एक अडिग तथा साहसी व्यक्ति जसको लेखनमा जीवन र समाजको वास्तविकता झल्किन्छ त्यस्तो लेखकलाई यो पुरस्कार दिने गरिएको छ ।
 
यो पुरस्कारको यस वर्षको जुरीमा पेन संस्थाका अध्यक्ष रुथ बार्थविक, अभिनेता खालिद अबदल्ला र लेखक रोजर रोबिन्सन थिए ।

यो पुरस्कार अरुन्धतीले यस्तो समयमा पाइरहेकी छन जुन समयमा दिल्लीका उपराज्यपाल बीके सक्सेनाले उनीविरुद्ध गैरकानुनी गतिविधि (रोकथाम) अधिनियम अर्थात् यूएपीएअन्तर्गत मुद्दा चलाउने अनुमति दिएका छन् । जुन कानुन आतंककारी गतिविधिविरुद्ध प्रयोग गरिन्छ । 

Royal Enfield Island Ad

यो मुद्दा १४ वर्षअघिको उनको एक अभिव्यक्तिलाई लिएर दर्ता गरिएको थियो । बीबीसी
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार १४, २०८१  ०६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Ncell Side Bar LatestNcell Side Bar Latest
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro