site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
अमेरिकी रिपोर्ट भन्छ– भारतमा ‘हेट स्पीच’ बढ्यो
Siddhartha BankSiddhartha Bank

वासिंटन । अमेरिकाले भारतमा हेट स्पीच तथा धार्मिक रूपमा अलपसंख्यक समुदायको घर र पूजास्थललाई ध्वस्त गर्ने जस्ता काम भइरहेको जनाएको छ । अन्तर्राष्ट्रिय धार्मिक स्वतन्त्रताका बारेमा अमेरिकाले जारी गरेको वार्षिक रिपोर्टमा सो कुरा उल्लेख गरिएको छ ।

सो रिपोर्ट अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले सार्वजनिक गरेका हुन् । रिपोर्टमा भारतमा धर्मान्तरण विरोधी कानुनप्रति पनि चिन्ता व्यक्त गरिएको छ । यसअघि पनि भारतको बारेमा अमेरिकाले यस्तै धारणा राखेको भए पनि त्यतिबेला भारतले खण्डन गर्दै सो रिपोर्टलाई पक्षपातपूर्ण भएको बताएको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

पछिल्लो रिपोर्टमा भारतमा २०२३ मा धार्मिक स्वतन्त्रताको अवस्था निरन्तर खराब रहेको जनाइएको छ । भारतमा भाजपा नेतृत्वको सरकारले भेदभावपूर्ण राष्ट्रवादी नीतिलाई बढावा दिने काम गरेको, जसले समाजमा घृणालाई बढाएको समेत रिपोर्टमा जनाइएको छ ।

रिपोर्टमा मुसलमान, इसाइ, सिख, दलित, यहुदी र आदिवासीको खिलाफमा भइरहेको साम्प्रदायिक हिंसालाई हल गर्न भाजपा असफल भएको समेत जनाइएको छ । 

Global Ime bank

रिपोर्टमा भारतमा धर्मान्तरण विरोधी तथा गोहत्यालाई लिएर जुन कानुन छन् तिनले धार्मिक अल्पसंख्यक र त्यसको वकालत गर्नेलाई निशाना बनाउने काम भइरहेको जनाइएको छ । 

रिपोर्टमा इसाइविरुद्ध भारतमा सन् २०२३ मा ६८७ घटना भएको उल्लेख गरिएको छ । रिपोर्टमा मणिपुर हिंसा तथा क्यानडामा निज्जर हत्याकाण्डको प्रसंग समेत उठाइएको छ । बीबीसी

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असार १३, २०८१  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय