site stats
बाह्रखरी :: Baahrakhari
Baahrakhari KathaBaahrakhari Katha
कला
Global Ime bankGlobal Ime bank
पूजाको ‘दान्भी’ र सत्यराजको ‘आचार्य’ हलमा  
SkywellSkywell

काठमाडौं । नेपाली कथानक चलचित्र ‘दान्भी’ र ‘आचार्य’ आजबाट प्रदर्शनमा आएका छन् । फ्राइडे रिलिजअन्तर्गत रुपेश तामाङको निर्देशन रहेको ‘दान्भी’ र प्रशान्त रासाइलीको निर्देशनमा बनेको ‘आचार्य’ प्रदर्शनमा आएका हुन् । 

फ्रेस रिलिज ‘दान्भी’ले उत्साहजनक शो पाउँदा रि–रिलिज ‘आचार्य’ले निकै न्यून हल पाएको छ । 

चलचित्र ‘दान्भी’मा अभिनेत्री पूजा शर्मा मुख्य भूमिकामा छिन् । उनले पहिलोपटक एक्सन भूमिका निर्वाह गरेकी छन् । 

Dabur Nepal
NIC Asia

चलचित्रमा पूजासँगै कुन्साङ बम्जन, किरण श्रेष्ठ, मोनालिसा खतिवडा, राजाराम पौडेल, कालु राणा, सीता तामाङलगायत कलाकारको पनि अभिनय छ । 
  
‘दान्भी’लाई देशकै ठूलो मल्टिप्लेक्स चेन क्यूएफएक्सले काठमाडौंमा १६ र उपत्यका बाहिर ३१ शो प्रदान गरेको छ । 

दोस्रो ठूलो मल्टिप्लेक्स आईएनआईले १२, वान सिनेमाजले सात शो उपलब्ध गराएका छन् । एफक्युब, बीएसआर, बिग मुभिज रन्जनालगायत मल्टिप्लेक्समा पनि ‘दान्भी’ले उत्साहजनक शो पाएको छ । 

रि–रिलिज हुन लागेको ‘आचार्य’ले क्यूएफएक्समा काठमाडौंमा जम्मा तीन शो पाएको छ । काठमाडौं उपत्यका बाहिर क्यूएफएक्सले तीन शो दिएको छ । 

वान सिनेमाजले तीन शो दिएको छ । आईएनआईले पनि तीन÷तीन शो दिएको छ । 

सत्यराज आचार्य मुख्य भूमिकामा रहेको चलचित्र यसअघि १३ वर्ष अगाडि रिलिज भएको थियो । 

‘आचार्य’ गायक तथा संगीतकार भक्तराज आचार्यको बायोपिक मुभी हो । यो चलचित्रमा सत्यराजसँगै सुनील पोखरेल, सौगात मल्ल, विपीन कार्की, अरुणा कार्कीलगायत कलाकारको अभिनय छ । 
 

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असार ७, २०८१  ०५:३२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro